निगमले डिजेल र मट्टीतेलको मूल्य घटायाे

काठमाडौं/नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

बिहीबार राती १२ बजेदेखि लागु हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य १/१ रुपैयाँका दरले घटाएको हो ।

डिजेल तथा मट्टीतेलको मूल्य ८९ रुपैयाँ कायम गरिएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैयाँ नै यथावत रहेको निगमले जनाएको छ ।

भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन हुने हुदा साेहि अनुसार मूल्य घटेेेेेकाे हा । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार १५/१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन हुने गरेकाे जनाए ।

कमेन्टहरु
Loading...