पोखरा । गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की , लमजुङ , म्याग्दी , बागलुङ गरि ४ जिल्लामा २६ जना नयाँ संक्रमित थपिएका हुन् ।
कास्की जिल्लाको पोखरा महानगरपालिकामा ५ जना संक्रमित थपिएका हुन् ।
वडा नम्बर २२ का १ पुरुष , ८ नम्बर का १ पुरुष , ६ कि १ महिला , ११ कि २४ वर्षिय महिला र ५ नम्बर वडा कि १ महिला गरि थप ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै जिल्लाको माछापुच्छे« गाँउपालिका वडा नम्बर ६ का १ महिला १ पुरुष गरि २ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बागलुङको बागलुङ नगरपालिकमा २ जना , बरेङमा ४ जना गरि ६ जना संक्रमित थपिएका छन् । यस्तै यता लमजुङमा १० जना संक्रमित थपिएका छन् । दुधपोखरीमा १ जना १९ वर्षिय पुरुष , मध्यनेपालमा ५ जना , बेसीसहर ४ जना गरि १० संक्रमित थपिएका हुन् । त्यस्तै यता म्यागदीमा पनि ३ जना संक्रमित थपिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ७५ पुगेको छ ।