सहकारी सहकार्यबाट चल्नुपर्छः अध्यक्ष कुँवर

पोखरा । सरकारले न्युन ब्याजदरमा गरिबहरुलाई ऋण प्रवाह गर्नुपर्ने अन्नपूर्ण गाउँपालिका–१, का अध्यक्ष युवराज कुँवरले बताए । नागडाँडा स्थित श्री शिखर वचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारणसभा कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष कुँवरले सहकारी संस्था सहकार्यबाट चल्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले सहकारीलाई सहकार्यको मर्म अनुसार टोलटोलसम्म पु¥याउनुपर्ने तर्क गरिन् । उक्त साधारणसभाले सुशिल भट्टचनको अध्यक्षतामा रहेको तदर्थ समितिलाई पूर्णता दिएको छ ।

जसअनुसार उपाध्यक्षमा राजकुमार गुरुङ, सचिवमा शिवहरी सुवेदी, कोषाध्यक्षमा विरेन्द्र गुरुङ तथा सदस्यहरुमा चित्रमोहन सुवेदी, निमा गुरुङ, प्रकाश सुवेदी, प्रकाश गुरुङ, शंकर केसी, महेश्वर पौडेल र जुमबहादुर दमै छन् ।

त्यस्तै गोविन्द सुवेदीको संयोजकत्वमा लेखा समिति पनि गठन गरिएको छ । जसका सदस्यहरुमा कृष्णप्रसाद पौडेल र हरी केसी छन्।त्यसैगरी प्रकाश सुवेदीको संयोजकत्वमा कुशल सुवेदी र रामबहादुर गुरुङ सदस्य रहेको शिक्षा उपसमिति पनि गठन गरिएको छ ।

कार्यक्रमका बीच सचिव शिवहरी सुवेदीद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन तथा कोषाध्यक्ष विरेन्द्र गुरुङबाट प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन गरिएको छ ।
उक्त साधारणसभाले सामाजिक र शिक्षा क्षेत्रमा गाउँपालिकासँग सहकारी गरी कार्य गर्ने, बस्तीस्तरमा सहकारी समूह निर्माण गर्ने तथा गरिवी निवारणका लागि न्यूनत्तम व्याजदरमा ऋण प्रवाह गर्ने लगायतका निर्णय गरेको अध्यक्ष सुशिल भट्टचनले जानकारी दिए ।

सहकारीका अध्यक्ष भट्टचनको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा सदस्य राजकुमार सुवेदीले स्वागत तथा सदस्य दिलबहादुर जिसीले कार्यक्रम संचालन गरेका थिए।सहकारीमा हाल कुल एक सय ४८ जना शेयर सदस्य छन् ।

सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, शिक्षा अधिकृत वलराम भुगाई, सहकारी शाखा प्रमुख ठाकुरप्रसाद अधिकारी, वडाध्यक्षहरु क्रमश १ का भरतजंग कुँवर, २ का चुडामणि अधिकारी र ३ का चन्द्रबहादुर गुरुङले पनि भनाई राखेका थिए ।

कमेन्टहरु
Loading...