नैरोबी, केन्याको अढाई वर्षको मिसन अन्त्य भएर म र मेरो परिवार नाइजेरियाको राजधानी अबुजा जानुपर्ने थियो । कोरोनाका कारण कतै पनि सहज र पूर्ववत् यात्रा सम्भव थिएन । हामी (म, शुभ, वोध र चेतना) आइतबार राति १ बजे घरबाट हिड्यौं । ५ बजे बिहानको इथियोपिएन एअरलाइन्सबाट इथियोपियाको अडिस अबाबा हुँदै, टोगोको राजधानी लोमेमा १ रात बसेर नाइजेरियाको राजधानी अबुजा पुग्नु थियो । एयरपोर्टमा डब्लुएफपीले सञ्चालन गरेको एस्काई एयरलाइन्समा बिहानको ९ः१० बजे उड्ने तालिका थियो ।
काउन्टरमा बस्ने सुन्दरीलाई सोधेर हेरें, कति बजे ऊड्ने हो जहाज भनेर । उसले भनी, ‘कति बेला उड्ने थाछैन, पाइलटलाई सोध्नु पर्छ ! त्यै भएर त्यहाँ थच्चि राखेका छौं र यो जर्नल लेख्न सुरु गर्दैछु ।
लामो यात्रा गर्दिन भनेकै हो अफिसलाई, तर यो कोरोनाको कहरको बेला योभन्दा अर्को उत्तम उपाए पनि थिएन । फेरि परिवारले पनि १ पटक जानै पर्ने हो, छिटै गइहाल्न पाए हुन्थ्यो, भन्न थाले । केटाकेटीको पढाई पनि नछुट्ने, आफ्नो काममा पनि पुगिने । फेरि झोलाहरु पनि सबै प्याक भइसकेका हुनाले जाम भनेर आँटियो ।
पहिलेनै टोगोको ट्रान्जिटमा आउन पूर्व सर्त देखेर अचम्म लागेको थियो । कस्तो होला यो कहिल्यै नसुनेको देश भने जस्तो लागेको थियो । तर एटलान्टिक ओसनको छेवैमा भएकोले देख्न पाइने भो भन्ने लालसा पनि थियो । तयारीमा लागियो ।
टोगोमा संसारका करिब ७ वटा बाहेक अरु सबै देशका नागरिकले अन एराइभल भिसा पाउँछन् । तर कोभिडको परीक्षण गराउनुपर्ने र रिपोर्ट नेगेटिभ हुनुपर्ने थियो । त्यो रिपोर्ट ५ दिनभन्दा पुरानो हुन नहुने र त्यसै रिपोर्टको आधारमा करिब ३ पेज लामो अनलाइन फर्म भरेर प्रति व्यक्ति ७२ डलर क्रेडिट कार्डबाट तिरेर त्यसको रसिद प्रिन्ट गरेर जानु पर्ने थियो । देशमा प्रवेश गर्नु पूर्व टोगोसेफ नामको मोबाइल एप डाउनलोड गर्नुपर्ने र आइपुग्नासाथ उक्त एप एक्टिभेट गरेर हरेक मुभमेन्ट ट्रयाक गरिने, होटल बुकिङ पहिलेनै हुनुपर्ने लगायत पूर्व शर्त थिए ।
शुक्रबारको दिन सामान प्याक गरियो । गर्दै गयो अट्दैन, फेरि अर्को सामान देखिन्छ । फेरि अब त सबै सकियो छ भन्यो अर्को देखिन्छ । गर्दा गर्दा कसै गरे नअट्ने देखियो ! त्यै माथि ढोकामा टिङ्ङ घन्टी बजाएर एउटा ड्राइभरले केही सामान लिएर आयो । वेल्कम नैरोबी टिमको मायाको चिनो पठाएका रहेछन्, छोड्न मन लागेन । अब सामान केही गरे पनि नअट्ने देखियो ।
वोधले नयाँ झोला किन्ने आइडिया सुझायो । पहिले त ऊ र म गएर ल्याउने भनेर तयार भयौं । पछि फेरि शुभले म आफैं जान्छु भन्न थालिन् । नैभास मल जान भनेर निस्केको गेटमा आइपुगे पछि एकचोटी जक्सन मलमा हेरौं अनि नैभास जाम्ला भन्ने कुरो भो । जक्सनमा गतिला झोलै देखिएनन्, भन्दा पनि झोला सेक्सन करिब करिब रित्तिसकेको थियो । भएका बिकिसकेको र थप आयातमा कठिनाइका कारण होला सायद । अस्ति लगेको ट्राभलर भन्ने झोलाको ठुलोमा रैछ ९८०० सिलिङमा । ल त्यै लैजाम्, सेट मिल्छ भन्ने कुरो भो । फेरि एसो हेर्दा हेर्दै शुभले थुप्रो सामान थपिहालिन् ।
घरमा वोध रिसायो, यही सामान अटाउन सकिएको छैन, किन ल्याएको भनेर । सामान हाल्दै जोख्दै फेरि निकाल्दै गरेर २३ देखि २६ किलोका ८ वटा लगेज तयार भए । त्यसपछि करिब १०÷१० किलोको ४ वटा ह्यान्ड लगेज तयार गरियो । ३ वटा ठुला ब्याग र एउटा मेरो सानो झोला, त्यसलाई मानियो ! त्यस पछि फेरि भिर्ने साना खालका ४ वटा झोला, कम्प्युटरका झोला र शुभको ह्यान्डब्याग तयार गर्दा ४ जनाका लागि जम्मा १९ वटा झोला तयार भए । एसो सबै ¥याक दराज हेर्दै गएको अर्को एउटा झोला भेटियो, त्यसलाई पनि ह्यान्डक्यारी बनाउँदा जम्मा २० वटा भए ।
त्यसैदिन कोभिड टेस्ट गर्न गयौं । आइ ओ एमको अफिस, गिगिरी । बोटो थाहा थिएन, मोबाइलमा हेर्दै हेर्दै पुगियो । गार्डले नाम चेक ग¥यो र भित्र पठायो । कोल्टे परेको ठाउँमा गाडी उल्टो पारेर पार्क गर्न अलि गारो भो । हल्का पानी परिराखेको थियो, हामीलाई गाडीभित्रै बस भनेर संकेत गरे । एकछिन पछि हाम्रो पालो आयो । गाडी नै लिएर जाऊ भने । सायद पानी परेकोले नजिकसम्म पुगुन् भनेर होला ।
साघुरो ठाउँमा कसो–कसो गरेर मैले गाडी राखें । बाहिर एउटा टेन्ट थियो र त्यसमा १ जना केन्यन् महिला र १ पुरुष पुरै प्रोटेक्टिभ गियर लगाएर बसेका थिए । महिलाले मलाई कुर्सीमा बस्ने संकेत गरिन् । पहिले मै बसें । एउटा लामो सिन्को दाहिने नाकको प्वालबाट घाँटीसम्म पु¥याएर घुमाउँदा, रोउँ कि हासौं भएर मरि–मरि हासें । वोध निकै दरो भएको एक्टिङ गर्दैथ्यो । नाकमा सिन्को कोचे पछि त ह्वाक्क र हुक्क गर्न थाल्यो । शुभ र चेतनाले पनि त्यसै गरे । मरिमरि हाँस्दै फक्र्यौं । टेस्टको लागि पहिले नै प्रतिव्यक्ति ६४५५ केन्यन सिलिङ, मोबाइल मनी एम पेसाबाट तिरिसकिएको थियो । रिपोर्ट बेलुका तिर आउँछ भन्ने कुरो भो, हामी हिड्यौं ।
नभन्दै दिऊँसो ४ बजे तिर रिपोर्ट आयो । सबैको नेगेटिभ । मैले टोगो सेफ एप डाइनलोड गरें र राति करिब ११ बजेतिर टोगोको कोभिड टेस्टको लागि फारम भर्न बसियो । वोध र म भएर १÷१ जानाको फारम भर्दै मेरो स्ट्यान्डर्ड चार्टर्ड बैंकको भिजा डेबिट कार्डबाट पैसा ति¥यौं । १ जनाको ८ हजार सिलिङ जस्तो प¥यो । अन्तमा ती सब डकुमेन्ट शनिबार प्रिन्ट गर्ने निर्णय गरेर करिब १२ बजेतिर सुतियो ।
शनिबार बिहान लक्ष्मीले खान बोलाएकी थिइन् । हुन त अस्ती बुधबार पनि लक्ष्मीले हाम्रो बिदाईमा पार्टी राखेकी थिइन् र त्यै पार्टीमा फेरी शनिबार सबै सामान प्याक गरिसकेर उनैकोमा दिनभरि खाएर बस्ने भन्ने कुरा भएको थियो । बेलुका शुभलाई लक्ष्मीसंग कन्फर्म गर्न भने, नत्र दिनभरी माम्बा भिलेजमा गएर गोही, सुतुरमुर्ग आदि हेर्दै खसीको न्यामाचोमा खाएर नैरोबिको बसाई बिट मार्ने कुरा थियो ।
फोन गर्दा लक्ष्मीले बिरामी छु भनिछन्, शुभले ल नजाने भइयो भनिन् । फोन राख्न नपाउँदै कविताले फोन गरिन् । दिदी भोलि हामी सबैलाई यतै खाना बनाएर ल्याउँछौं, बिहान ब्रेकफास्टबाटै संगै बस्नु पर्छ भनिन् । मैले हुन्छ भनेर टाउको हल्लाइदिएँ । शुभले हुन्छ भन्दिइन् । कविताले पकाको गुजराती खानाको म अस्ति भर्खरैदेखि पारखी भएको थिएँ । त्यसपछि लक्ष्मीले कवितालाई फोन गरेर हाम्रो बिदाईमा आउन भनेर बोलाइछन् । कविता छक्क पर्दै फोन गरिन् । त्यसपछि लक्ष्मीलाई सोधेको, अस्तीनै तय भइसकेको कहाँ नआऊने भनेर झन्डै मारिन् । अनि कविताहरुलाई पनि लक्ष्मीकै घर आउन भनियो ।
बिहान बाँकी बचेका सबैकुरा प्याक गरेर, चेक गरेर हेरेर करिब १० बजे तिर लक्ष्मीको घर गइयो । मैले फ्रिजमा बाँकी बचेको ५ वटा पिल्सनर बियर लगें । शुभले बारीको हरियो साग सबै उखेलेर, आभोकाडो टिपेर, बाँकी बचेका सबै बिरुवा, खाना लिएर हिँडिन् । सुरज जी पार्किङमै आइपुगेर सामान व्यवस्थापन गर्न सघाए । मेरो डकुमेन्ट प्रिन्ट गर्नु पर्ने थियो, बाहिर जान्छु भनेको यहीं आयुस्माको प्रिन्टर छ भन्ने कुरो भो । कागज रहेनछ । फेरि टिटोको अफिस पुगियो । म गाडीमै बसें । सुरज जि गए, टिटो अफिसमा रहेनछन् । हिँडियो नैभास तिर । पेपर एक रिम, धनियाँ अनि ६ वटा थप बियर लिएर हामी फक्र्यौं । वोधले सबै आवश्यक डकुमेन्ट प्रिन्ट ग¥यो, हामी बिएर खाएर बस्यौं !
खाना खाइयो गफ मारियो । मीराका दम्पत्ति र छोरी जिया पनि आए । बेलुकातिर कविताका दम्पत्ति, भाइ र छोराछोरी पनि आए । सुरेश महराजी बिहानै फोन गरेर रुँला–रुँला जस्तो गर्दैथे । बेलुका सुरज डुम्रेसंग लोकेसन मागेर जसरी पनि एकपटक भेट्छु भनेर आइपुगे । सारै रमाइलो अनि केही खल्लो भयो । सबै जना रुने कराउने गरेर अलि नरमाइलो जस्तो पनि । महरा जी घरिघरी कुरो कोट्याई–कोट्याई रुने, लक्ष्मी चेतनालाई अँगालो मार्दै रुने गर्दैथे । कविता आइपुग्ना साथ शुभसंग गुँडुल्की परेर रुन लागिन् । सुरज र मीरा कठोर भएर बसेका थिए । पछि मैले गीत गाएर सबैलाई धन्यवाद भन्न थालेपछि मन थाम्न सकेनछन्, रुन थाले ।
सुनिल ज्वाईंले हँसाएर माहोल सपारे । ९ बजे कर्फ्युको डरले ८ बजे तिर हिँडियो घरतिर । लक्ष्मीले रुँदै सबैलाई टिका लगाएर आरती उतारिन् । मीराले दहीको सगुन खुवाइन् र सुरजले खादा ओढाएर बिदा गरे । क्रमश……..