वर्ष २०७७ साल : कोरोना महामारी र सामाजिक सेवा

  • सूर्य प्रसाद ढकाल

 

अहिले विश्व समुदाय नै कोरोना भाइरसको महामारीबाट ग्रसित छ । सन् २०२० को सुरुवात सँगै चाइनाको वुहान शहरबाट पहिलो पटक जनवरीको अन्तिमतिर देखिएको मानब स्वाथ्यमा दख्खल गर्ने भाईरस नोवेल कोरोना भाइरस (विषाणु) महामारीको रुपमा देखिएको छ । यस नोवेल कोरोना भाइरसलाई विश्व स्वाथ्य संगठन९ध्ज्इ०ले कोभिड–१९ भाइरसको नामाकरण ग¥यो । जसका कारण विगत आठ दस महिनादेखि विश्व समुदायनै आतंकित भएको छ । त्यस्तै विगत ६ महिना देखी नेपालपनि ठप्प नै रहेको छ । विश्वमा यो रोगबाट करोडौको सख्यामा प्रभावित भए भने लाखौको सङ्ख्याले मृत्यृवरण पनि गरिसकेको अवस्था छ ।

यस रोगको कुनै औषधी उपचार र खोप नबनिसकेको अवस्थामा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्ने भएकोले बृद्ध, बालबालिका र दिर्घ रोगी बढि प्रभावित भएको देखिन्छ । त्यसैले विश्वमा सामुदायीक सेवाका क्षेत्रमा अग्रणी संस्थाको त के कुरा सम्पन्न देश र विश्व स्वास्थ्य संगठन९ध्ज्इ०पनि अलमल्ल परेको अवस्था छ । कोरोना भाईरसको बारेमा नयाँ भएकोले एक पछि अर्को नयाँ प्रकृती, सर्ने प्रकृया, उपचार विधी, सेवा र सहयोगको अवस्थामा समेत विश्व स्वास्थ्य विज्ञहरुनै अनुसन्धानरत रहेकोले समग्र सेवा प्रदायीक स्वास्थ्य निकायहरु र स्वास्थ्यकर्मीहरु नै ससंकीत भएकोले कोरोना संक्रमित ब्यक्तिहरुले सहज उपचारमा समस्या आएको छ । राज्यको सेवा प्रदानमा कठीनाई भएको छ । अनी समाजसेवीहरु डराउने, अलमल्लमा पर्ने त स्वभाविक नै भयो ।

कोरोना भाईरसको संक्रमण सँग मास्क प्रयोग, सेनिटाइजर प्रयोग, हातधुने बानीको बिकास भएको छ । कोरोना भाईरस (कोभिड–१९ भाईरस) श्वास फेर्दा, खोक्दा, हाच्छिउँ गर्दा आउने थुक, सिगानका छिटा (ड्रप लेट) हरुको माध्यमबाट एउटा संक्रमित मार्फत अर्को स्वस्थ्य ब्यक्तिमा सर्न पुग्दछ । यस्ता ससाना ड्रप लेटहरु कुनै माध्यम÷प्रकृयाद्वारा संक्रमित मार्फत अर्को स्वस्थ ब्यक्तिमा सर्न पुग्ने कुरा अहिले सम्म विज्ञहरु बताइरहेका छन् ।

पछिल्लो समय संक्रमितले हाच्छिउँ गर्दा वा खोक्दा हावामा त्यस्ता स –साना ड्रपलेटहरु केहीबेर रहने कुरा समेत बताइएको छ । त्यसैले एउटा संक्रमित ब्यक्तिबाट तपाई हामि सुरक्षित रहन पुरा रुपमा ब्यक्तिगत सुरक्षा सामग्री नलगाएको अवस्थामा २ मिटर टाढै रहनु पर्ने हुन्छ । यदि उसले हाच्छिउँ गर्ने खोक्ने अवस्थामा मास्क, चस्मा लगाएको छैन भने अरु होसियार हुनु पर्दछ ।

बढी मात्रामा हाम्रो हात, नाक, मुख र आँखामा पुग्ने हँुदा हात साबुन पानीले नधोई वा उचित गुणस्तरको सेनिटाइजर हातमा प्रयोगबिना आँखा, नाक र मुखमा लैजानु भएन । त्यस्तै संक्रमितलाई सेवा प्रदान गर्दा २ मिटर भन्दा नजिक जानु पर्ने भएमा वा बन्दकोठामा लामो समय सँगै रहनु पर्ने बेलामा उसलाई आवस्यक सेवा प्रदानगर्दा अरु नजिक हुने सम्भावना भएमा मास्क, चस्मा, ग्लोब्सको साथ पुरा शरिर ढाक्ने सुरक्षित एप्रोन, गमबुटहरु समेतको प्रयोग उचित तरीकाले गर्नु पदर्छ । संक्रमितले प्रयोग गर्ने साधान स्रोतहरु राम्रोसँग निसंक्रमित नगरी प्रयोग व्यवस्थापनमा थप सेवा सहयोग गर्न सामाजीक कार्य कर्ताहरु र स्वयम् सेवकहरुमा आवस्यक हुन्छ ।

अर्को तिर यस संक्रमणले विश्व समुदायनै यति थला पा¥यो कि सम्पूर्ण क्षेत्र बन्दाबन्दी भए । लामो समय यातायात सेवा लगाएत सवै बन्द भए । कैयौ मानिस बेरोजगार भए । त्यस्तै विद्यालय, खेल क्षेत्र, पर्यटन क्षेत्र पुरै बन्दाबन्दीमा परे । अनि सिनेमाहल लगायत मानिस जमघटहुने सवै क्षेत्र बन्दाबन्दीमा परे र जसको कारण मानिसलाई चिन्ता हुने, तनाव बढ्ने भयो । कैयौको खाने कुरा सकियो । बालबालिका, वृद्ध, बिरामी, अपाङ्गता भएका ब्यक्ति, एकल महिला, पिछडा समुदाय सवै यस बन्दाबन्दीको मारमा परे । जसको कारण मानिस कोरोना संक्रमणको अलावा अरु दिर्घ रोग देखिने , मानसिक समस्यामा फस्ने भए । यस्तो अवस्थामा राज्यको साथसाथै सबै सामाजिक क्षेत्रमा संग्लग्न ब्यक्तिहरुले गाँस बास कपासको अलावा मनो सामाजिक परामर्श सेवा समेत प्रदान गर्न स्वयम् सेवक परिचालन गर्नुपर्ने हुन्छ ।

स्वयंम सेवकहरु भनेको त्यस्तो ब्यक्ति हो,जो सामाजीक सेवामा स्वयंम उत्प्रेरीत हुन्छ अर्थात अरुको सेवामा स्वतःस्फुर्त रुपमा अभिप्रेरीत हुन्छ । नेपालमा यस्तो सेवा ब्यक्ति स्वयंमको अलावा विभिन्न सामाजीक संघ संस्थाहरु, गैरसरकारी निकायहरुले त्यस्ता स्वयंमसेवी ब्यक्तिहरुको समूह मार्फत सेवा प्रदान गर्दछन । विश्वमा सामाजिक सेवाको क्षेत्रमा अग्रणी रुपमा रेडक्रसको साथै रोटरी इन्टरनेशनल, लायन्स इन्टरनेशनल, स्काउट लगायत थुप्रै अन्र्तराष्ट्रिय र राष्ट्रिय सामाजिक संघ संस्थाहरु रहेका छन् । सरकारले आफ्ना नागरीकहरुलाई सेवा प्रदान गर्न विभिन्न नीति, नियम र कानुन बनाई राज्यको प्रसासनिक, सेवा प्रदायक निकायहरु समुदाय सम्म पु¥याई सेवा प्रदान गर्ने गर्दछ । तर यस्तो सेवा राज्यको स्रोत साधनको सिमितताको कारण सर्व सुलभ नहुन सक्दछ ।

विभिन्न विपद, महामारीको समयमा त अरु संकट पर्न सक्दछ । त्यसैले यस्ता स्थानीय, राष्ट्रिय र अन्र्तराष्ट्रिय सहयोगी, स्वयम सेवी निकायहरुको आवश्यकता प्रदर्छ । विश्व समुदायमा सवै राष्ट्रहरुका नागरीकको समस्यामा द्वन्द र यूद्धको साथै विपदमा समेत सघाउन भनी विश्वका अधिकांस देशहरु मिलेर संयूक्त राष्ट्रसंघ, विभिन्न क्षेत्रीय र भेकीय संघ संस्थाहरु, व्यवसायीक हिसावका वर्गीय संस्थाहरु पनि गठन गरेका छन् । यी सवैको आपत विपदमा मानवको अलावा सम्पूर्ण क्षेत्रलाई सघाउन गठन भएका स्वयम् सेवी संस्थाहरु हुन । यी सवैको सामाजिक सेवा नै प्रमुख उद्देश्य हो । यस्तो समाज सेवालाई ब्यबस्थित गर्न अरु ब्यापक बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको ४० औ महासभाले प्रत्येक वर्ष ५ डिसेम्बरलाई अन्र्तराष्ट्रिय स्वयम सेवक दिवसको रुपमा मनाउदै आएको छ ।

विश्वमा आपत र विपद महामारी र युद्ध तथा द्वन्दको समयमा प्रभाबितहरुको सेवामा संलग्न ठूलो स्वयमसेवी संञ्जाल भएको अन्र्तराष्ट्रिय निकाय मानविय संस्थाको रुपमा जेनेभा महासन्धी अनुरुप गठन भएको निकाय रेडक्रस हो । मानिसको बाँच्न पाउने सबैभन्दा ठूलो नैसर्गिक अधिकार हो । यसको सुनिश्चीत गर्न सामाजिक सेवामा तल्लीन सवै निकाय संघ संस्था र स्वयम सेवकको अहम भुमिका रहेको हुन्छ । आफ्नो सुख बाँड्न र अरुको दुःख साट्न सक्ने सामाजिक अभियन्ताहरुलाई समाजमा आपत विपदमा परेका मानिसले समयमा नै उचित सेवा प्राप्त गरी आफ्नो दुःख पिडाबाट मुक्ति पाउन सहयोगी बन्दछ । सेवा,कार्य,दया र करुणाको उपज हो । यसमा घृणा र प्रतिशोधको कुनै अंश हुदैन । सेवामा निष्पक्ष र तटस्थ भाव हुन पर्दछ । अनी पारदर्शिपन हुनु पर्दछ । स्वयम सेवकहरुले सामाजिक सेवामा लाग्दा कुनै भौतिक लाभको कल्पना गर्दैनन् ।

त्यसैले यस्ता महान ब्यक्तिको सामाजिक कार्यको सम्मानको लागी सामाजिक सेवा प्रदान गर्ने सवै सामाजिक संघ संस्थाहरु परोपकारी निकायहरुको सहयोग र पहिचान दिलाउन सहयोगी बनाउनका लागी नेपाल सरकारले २०३४ सालदेखी समाज कल्याण परिषद गठन गरी सामाजिक सेवा गर्ने गराउनेलाई प्रोत्साहन गरेको छ । यसरी समाज कल्याणको अवधारणा अगाडि आएको दिनको र स्वयम सेवकको स्वयम सेवी कार्यको सहयोग र सम्मानको लागी हरेक वर्ष आश्विन ६ मा नेपालको हिसावले सामाजिक सेवा दिवस मनाइदै गरेको छ । सामाजिक सेवा दिवस मनाउदै गर्दा नेपालमा पनि रेडक्रस जस्ता अन्र्तराष्ट्रिय संस्था र निकायको अलावा कुनै लाभको अपेक्षा नगरी गैर–सरकारी संस्थाको रुपमा स्थापित सबै संघ संस्था र निकायहरुलाई सहयोग पुग्दछ । अनि ती संस्था र निकायमा आवद्ध सवै स्वयम सेवकहरुलाई सम्मान हुन्छ ।

“सामाजिक क्षेत्रःराष्ट्रियगौरव आजको प्राथमिकता, समृद्धि, सुखदको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता”भन्ने नाराका साथ यस वर्षको ४१ औ सामाजिक सेवा दिवस आश्विन ६ मा मनाइदै गरेको छ । नयाँ पुस्ता र नागरीकहरुलाई समाज सेवामा आकर्षण जगाउनकालागी यो सामाजीक सेवा दिवस मनाइदै आएको छ । “आत्मा साक्षी राखि मन, बचन र कर्मले सेवा गरौ” भन्ने भावनाको सम्मान हुनेछ । अझै भन्दा समाज सेवा बिकासोन्मुख देशको लागि एउटा मेरुदण्ड नै सावित हुन्छ । आज कोरोना भाईरसले थलिएको विश्व समुदायमा कोरोना संक्रमितहरुलाई आवश्यक न्युनतम सेवा सहयोग प्रदान गर्न यसबाट भएको अभाव, समस्या निराकरण गर्न मानिसमा आएको तनाव मुक्त गर्न, मानसिक समस्या भगाउन यस्ता समाजसेवीहरुको थप आवश्यकता भएको छ ।

(लेखक– नेपाल रेडक्रस सोसाइटि गण्डकी प्रदेसका अध्यक्ष हुन्)

कमेन्टहरु
Loading...