केही दिन प्याज खरिद नर्गन उपभोक्ता विभागको आम नागरिकलाई आग्रह

काठमाडौं । भारतबाट आउन नसकेको र बजारमा केही व्यापारीले समेत कालाबजारी गर्दै बेन्च थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आम नागरिकलाई केही दिन महंगो मूल्य तिरेर प्याज खरिद नर्गन आग्रह गरेको छ । अभावको समयमा व्यापारीले प्याज मुूल्य बढाइरहेको र अत्यावश्यक वस्तु समेत नभएको भन्दै विभागले प्याज केही दिन नकिन्न आग्रह गरेको हो । लुकाएर बढी मूल्यमा बिक्री गरिहरेको अवस्थामा सर्वसाधारण ठगिन बाध्य भएको विभागले ठहर गरेको छ । साथै कालोबजारी गर्ने उद्देश्य सहित लुकाएका व्यापारीको प्याज कुहिने डरले आफैं मूल्य घटाउ बाध्य हुने विभागले बताएको छ ।

कमेन्टहरु
Loading...