गण्डकी बहुप्राविधिक शिक्षालयमा पढ्न चाहनेका लागि फारम खुल्ला

पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालय भण्डारढिकले शैक्षित्र सत्र २०७७÷७८ का लागि डिप्लोमा इन सिभिल तथा अटोमोबाइल इन्जिनियरिङका लागि आवदेन दिन इच्छु विद्यार्थीलाई आह्वान गरेको छ । शिक्षालयले दुवै संकायका लागि ४८/४८ जनाको सिट संख्या तय गरेको एक सुचना प्रकाशन गरी जानकारी दिएको हो ।

भर्ना हुन चाहाने विद्यार्थीहरुले www.pokharamun.gov.np वेवसाइडबाट फारम डाउनलोड गर्न सक्ने छन् । विद्यार्थीहरुले खुल्ला, लक्षित वर्ग तथा प्रि–डिप्लोमा, टिएसएलसी, टिएसइई कोटाको लागि फारम भर्न सक्ने शिक्षालयले जानकारी दिएको छ ।

फारमका साथमा एसइई÷एसलसी परीक्षा उत्तीर्ण गरेको लब्धांकपत्रको प्रतिलिपि, सम्बन्धित विद्यालयको चारित्रिक प्रमाणपत्र र स्तान्तरणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक प्रमाणपत्र, प्रवेश परीक्षामा सहभागिता जनाउन हालसालै खिचेको दुवै कान देखिने पासपोर्ट साइजको रंगीन फोटो २ वटा लगायतका प्रमाणपत्र आवश्यक पर्ने शिक्षालयले जानकारी दिएको छ । फारम यही असोज १५ गते दिउँसो ४ बजेसम्म भर्न सकिने शिक्षालयले प्रेस विज्ञप्तिमार्फत् बताएको छ ।

कमेन्टहरु
Loading...