‘लोकप्रिय’ कुलमानको आज साँझ भाग्य फैसला, पुनःनियुक्तिमा शंका !

दिपक के श्रेष्ठ

वि. सं. २०७३ साल भदौ २९ गतेको क्याबिनेट बैठकको निर्णयबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमान घिसिङले दैनिक १८ घण्टासम्म लोडसेडिङबाट आहत बनेका नेपालीलाई उज्यालोमात्र दिएनन्, घाटामा चलेको प्राधिकरणको अवस्थालाई समेत सुधारे ।

टुकी र मैनबत्तीको सहारामा धमिलो उज्यालोमा बाँच्न विवश नेपालीलाई उज्यालो दिएर लोकप्रिय बनेका घिसिङको कार्यकाल अबको केही समयमा सकिँदैछ । यसबीच, महिनौं अघिदेखि उनै कुलमानलाई पुनःनियुक्त गर्न देशभरबाट आवाज आइरहेको छ । सामाजिक सञ्जालका वालहरु उनैको समर्थनमा भरिएका छन् ।

जसको भाग्य फैसला आज साँझ हुँदैछ । नागरिकस्तरबाट उठेको मागलाई सरकारले सम्बोधन गर्ला वा नगर्ला यसै भन्न सकिन्न । तर, आम नेपालीहरुको अन्तरमनबाट कुलमानबाहेक अर्काे नाम निस्कन सकेको छैन ।

कुलमानको ४ वर्षे कार्यकालमा एउटा व्यक्तिले चाह्यो भने नहुने केही छैन भन्ने मानक बनाएको छ । उनको पुनःनियुक्तिबारे सरकार सकरात्मक छैन । क्याबिनेट बैठका सातामा सोमबार र बिहीबार बस्ने प्रावधान रहेको छ । यसअर्थमा कुलमानको कार्यकाल आज सकिन्छ । र, आपतकालीन बैठक बस्छ वा बस्दैन, यसै भन्न सकिन्न । हाम्रो पहुँचमा रहेको स्रोतले भने आज साँझ कुलमानकै विषयलाई लिएर बैठक बस्न सक्छ ।

प्राधिकरणलाई वर्षमा १० अर्ब रुपैयाँ फाइदा गराउन सक्ने कुशल व्यवस्थापकको छवि बनाएका कुलमानबाट सरकारले नाफाघाटाको हिसाब नहेरी अर्काे पात्र ल्याउने सोच राखेको आँकलन गर्न सकिन्छ । यसअघि प्राधिकरणका कार्यकारी रहेका मुकेशराज काफ्लेलाई दोस्रोपटक ल्याउने सम्भावना पनि उत्तिकै छ ।

काफ्लेको पालमा देश सबैभन्दा बढी समय अन्धकार रहेको थियो । त्यस्तै, उनको पालमा करिब ८ अबै रुपैयाँ बक्यौता रहेको थियो । उक्त रकम उनले उठाएनन् वा उठाउन चाहेनन् ।

हाल स्वयं काफ्ले प्राधिकरणमा फर्कन राजनीतिक लबिङ्मा लागेका छन् । स्वात्तै घटेको लोडसेडिङ र नाफमा गएको प्राधिकरणको बैंक खातामा कुलमानको कुनै योगदान नरहेको भन्दै उनी मिडियामा छाइरहेका छन् ।

आज साँझ कुलमान दोहोरिए सबैभन्दा बढी नेपाली जनता नै खुशी हुनेछन् । काफ्ले आएपनि खासै फरक नपर्ला, तर उनको कार्यशैली पुरानै ढर्रामा गएर देश अँध्यारोमै फर्कियो भने यसले कुलमानको लोकप्रियतालाई झनै चुल्याउँछ भने सरकारको आवरणमा कालो पोतिन्छ ।

कमेन्टहरु
Loading...