धादिङमा १ युवकद्वारा हत्या पश्चात टाउको सहित प्रहरी समक्ष आत्मसमर्पण

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १३ का २३ वर्षीय राजु परियारले सोही स्थानका ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेका छन् । हत्या पश्चात परियारले गुरुङको टाउको झोलामा राखेर प्रहरीकोसंग आत्मसर्मपण गरेका थिए । हत्या अगाडि परियारको गुरुङसंग आफ्नो श्रीमतीका विषयमा झगडा भएको थियो । राति १० बजेको समयमा मृत्यु संस्कारको १३ दिने कर्मचाण्डको प्रसाद खाएर गुरुङ परियारको घर गएका थिए ।

राति अवेर फर्किएका गुरुङलाई परियारले यति राति कता जान हिंडेको भन्ने प्रश्न गर्दा गुरुङले तिम्री श्रीमतीलाई भेट्न हिंडेको भन्ने जवाफ दिएपछि उनीहरुबीच झगडा सुरु भएको थियो । त्यसपछि परियारले आफ्नो घरबाट खुर्पा ल्याएर गुरुङको हत्या गरेको बताइएको छ । गरुङको शवलाई पोस्टमार्टमका लागि धादिङवेसी ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...