पोखरा । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको भाउ बढेर आज तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ आज २५ रुपैयाँले वृद्धि भएको छ । चाँदीको भाउ वृद्धि भएर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको हो ।
