काठमाडौंका बैंक आज नखुल्ने, प्रहरीद्वारा कर्मचारीलाई अभद्र व्यवहार गरिएको आरोप

काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञाका क्रममा प्रहरीले बैंक कर्मचारीलाई अनावश्यक दुख दिएको भन्दै आज कुनै पनि बैंकका शाखा नखुल्ने भएको छ । बैंकका कर्मचारीलाई प्रहरीले रोकेको भन्दै बैंकका शाखा नखोल्न नेपाल बंकर्स संघले निर्देशन दिएको हो । कर्मचारीलाई प्रहरीले दुख दिएको संघको ठहर छ । गएराति १२ बजेबाट लागू भएको निषेधाज्ञाका क्रममा बैंकका सिइओदेखि कर्मचारीलाई समेत रोकिएको संघको आरोप छ । बैंकका कर्मचारीलाई आफू कार्यरत कार्यालयको परिचयपत्र देखाएमा अवरोध नहुने जनाइए पनि ठाउँ–ठाउँमा कर्मचारीलाई रोकिएको संघका पदाधिकारीले आरोप लगाएका छन् ।

कमेन्टहरु
Loading...