कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु पुष्टि

कोरोना भाइरसको संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृतकमध्ये दुई जना पर्साका छन् भने एक जना कपिलवस्तुका छन् ।

पर्साका ४७ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको शनिबार बिहान ७ बजे बाटोमै मृत्यु भएको हो । भने अर्का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका-७ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । तीन दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको आईसीयुमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

यससँगै मृतकको संख्या १०४ पुगेको छ ।

कमेन्टहरु
Loading...