कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।

जसमध्ये ७७ पुरुष र २२ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार आज मोरङ र सिरहाका १-१ जना परुष र बाराका २ पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको हो ।

कमेन्टहरु
Loading...