गण्डकी प्रदेशमा थप २१ जना संक्रमित

पोखरा /पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । संक्रमितहरु मध्ये धेरैको कुनै प्रकारको ट्राभल हिष्ट्रि नरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । शुक्रबार मात्र गण्डकी प्रदेशमा तनहुँका २० र स्याङ्जाका एक गरि २१ जनामा कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण बढ्दै गर्दा केहि स्थानिय तहले भने आफ्ना स्थानिय ठाउँहरुमा अघोषित सिल गरेका छन् ।

कमेन्टहरु
Loading...