पोखरा/कोरोना संक्रमणको संख्या बढेको भन्दै स्याङ्जा जिल्लामा शुक्रबारदेखि कायम हुनेगरि एक हप्ता लकडाउन हुने भएको । स्याङ्जाको जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयका प्रमुखसहितको प्रहरी टोली र स्थानियमा पनि कोरोना संक्रमण देखिएपछि साउन १३ गतेदेखि २३ गते सम्मको लागि लकडाउन गरेको थियो ।
संक्रमितको संख्या नघटेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले थप एक हप्ताको लागि जिल्लामा लकडाउन गरेको सिडियो गंगा बहादुर क्षेत्रीले गन्थनलाई बताए । क्षेत्रीका अनुसार कोरोनालाई समुदायमा फैलनबाट रोक्नका लागि लकडाउनलाई निरन्तरता दिन परेको छ ।
यद्यपी स्याङ्जाका प्रहरी प्रमुखलाई भने कोरोना रोक निको भईसकेको छ ।
२०८२ पुष १२ गते शनिबार