पोखरा/गण्डकी अस्पतालको आइसोलेसन प्याक हुँदा शुक्रबार संक्रमित भएका बिरामीहरु होम क्वारेन्टीनमा नै रहेका छन् । पोखरा महानगरपालिका वडा नं. १९ मा शुक्रबार संक्रमित भएका छ जना मध्ये चार जनाले आइसोलेशन वार्डमा बेड नपाउँदा होम क्वारेन्टीनमा नै बसेको वडा अध्यक्ष शोभामोहन पौडेलले बताएका छन् ।
अध्यक्ष पौडेलका अनुसार लेखनाथमा गण्डकी प्रदेश सरकारले तयार गरेको कोरोना अस्पतालको काम सकिएपछि आज संक्रमितलाई लेखनाथ लायन्स अस्पतालमा लैजाने तयारी गरिएको छ । संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेसन वार्ड प्याक भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निर्देशक बाबुराम आचार्यले बताए ।
आचार्यका अनुसार पोखराको गण्डकी अस्पतालमा रहेको आइसोलेसनमा ४० बेड नै प्याक रहेको छ ।
२०८२ पुष १२ गते शनिबार