सरकारको अर्को निर्णय नआएसम्म कक्षा ११ को परीक्षा नलिन बोर्डको निर्देशन

काठमाडौं ।

सरकारले कोरोना भाइरसका कारण परीक्षा सञ्चालनका लागि कुनै निर्णय नलिएको बताउँदै कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई निर्देशन दिएको छ ।

केही विद्यायलयले कक्षा ११ को परीक्षाका लागि कार्यक्रम सार्वजनिक गरिरहेको पाइएको भन्दै बोर्डले सरकारले विद्यालय पुनः सञ्चालनका लागि निर्णय नलिएको अवस्थामा परीक्षा नलिन आग्रह गरेको हो ।

साथै विद्यार्थीमा कोभिड १९ को त्रास कायमै रहेकाले सरकारले विद्यालय सुचारु गर्ने निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कुनै पनि कार्यक्रम सार्वजनिक नर्गन आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...