प्रधानमन्त्रीज्यू तपाईं कहिलेबाट लजाउनु हुन्छ ?

विष्णु गौतम

म सानै छँदा, जुनबेला मुस्किलले ‘हेलो’, ‘पेन’, ‘मनी’ र ‘चकलेट’ चारवटा शब्दमात्रै अंग्रेजी बुझ्थे ।  तर उनीहरु बाेलेको बुझ्दैनथे हो त्यति नै बेला मेरो दिमागमा पैसावालाहरुको पहिचानको गहिरो छाप प¥यो । मेरो लागि गोरो छाला, हिप्पी ड्रेस, नेपाली नवुझ्नु अनि शरिरवाट मगमग वास्ता आउने अत्तरको प्रयोग पैसा हुनेहरुको पहिचान हो यो ।

स्कुलै छोडेर यस्ता खालका मान्छेहरुको प्रतिक्षामा वस्यो दिनभरीमा एक दुई वटा पेन जम्मा ग¥यो वेलुकी गुच्चामा वाजी खेल्यो सक्यो घरमा जादा न पेन न त दिनभरीको कक्षाको पढाई । करिव सात कक्षा सम्मको दैनिकी यहि थियो ।
प्रसंग हिजो मात्रै म्यासेन्जरमा एका एक एउटा म्यासेज आयो “दाइ एउटा आर्टिकल लेखिदिनु न ?” मैले सहज भने आर्टीकल त खै के हुन्छ तर पनि मेरो गन्थन चाहि लेखौलानी भाई । उतावाट फेरी आयो भरे वा भोली सम्म है दाई, प्रिय भाईको यो अनुरोधलाई केहि नसोचि आश्वासन दिए हुन्छ भाइ । अनि चलाउन थाले दिमाग के विषयमा लेख्ने होला ?

झट्ट दिमागमा आयो स्कुल हापेर विदेशीसँग पैसा मागेको सम्झना । यो सम्झन वाध्य पार्ने प्रसंग पनि देश अनुसारकै भेष हो । सरकारले हिजो मात्रै समृद्ध नेपाल सुखी नेपाली निर्माणको परिकल्पनाको जग लगानी वोर्डको भान्छेमा नयाँ मान्छे चयन ग¥यो । चुलोमा के पकाउने कति पकाउने कस्तो पकाउने र कस–सकलाई खान दिने भन्ने निर्णायकर्ता र कार्यकारी व्यक्ति चयन हुनु परिवारका अन्य सदस्यहरुको लागि खुसीको कुरा हुनु पर्नेमा त्यसल झन् सवैलाई दुखी वनाउँछ भने त्यो परिवारको अभिभावकले भान्छेमा के कमजोरी छ भनेर खोज्नु पर्ने होईन र ।

धेरै कम्प्लेन गर्ने क्षमता त राख्दिन होला तर पनि मेरो नाममा कसैले केहि कुरा दिन्छ भने त्यो मेरै लागि खर्च हुनु पर्छ । हिजो मात्रै सरकारले छनौट गरेको विदेशी लगानीकर्ताहरुको सहजीकरणका लागि नेपाली प्रतिनिधी लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत शुसिल भट्ट चयन भएका छन् । सायद उनि यो पदका लागि योग्य त होलान् तर पनि कति विदेशी लगानीका आयोजनहरु नेपाली व्यवसायी मार्फत् आएर सरकारको मिसन सफल होला भन्ने मात्रै मेरो जिज्ञासा हो ।

सीईओका लागि पेस गरिएका १२ जनाको प्रस्तावमाथि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको विज्ञ समितिले अध्ययन गरेको थियो । उक्त समितिले भट्टको योग्यतामा प्रश्न औंल्याएको थियो । कारण ऐनको दफा १२ अनुसार बोर्डको सीईओ हुनका लागि ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ, विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको’ हुनुपर्नेछ । तर भट्टसँग योजना आयोगमा सदस्य भएको करिब २ वर्षको मात्रै अनुभव छ । तर १० वर्षको व्यवस्थापकीय अनुभव कतै देखिँदैन ।

 

नेपालको कानुन दैवले जानुन् भने झै उनै भट्ट १२ बाट पाँच, पाँचबाट तीन र तीनवाट सिधै एक अथात् सिईओ । अन्य सवै कानुन र ऐनलाई थाङ्नामा सुताएर पासा आफ्नो हातमा पल्टाउन खप्पीस भट्टलाई आर्शिवाद लाग्यो उनै प्रधानमन्त्री केपी शर्माको । प्रधानमन्त्रीलाई पनि लागेको छ, यो नै उनको अन्तिम कार्यकाल हो पार्टीमा समेत । त्यसैले अन्तिम अवस्थाको कमिलामा प्वाख पलाए झै एक छत्र गरिरहेका छन् । ट्याक्टरको लाईसेन्स भएकालाई वस चलाउन अनुमती दिएका छन् त साईकल चलाउन जान्नेलाई मोटरसाईकल जिम्मा दिएका छन् । यो एक खालको मनोमानी ताण्डव नै हो प्रधानमन्त्रीको ।

प्रधानमन्त्रीको नजरमा भट्ट योग्य छन् किन भने उनले राम्रै जोह गर्न सक्छन् आउँदो चुनावको खर्च पार्टी पंतीका सवैको लागि । अझ भनौ कि त नेकपा कि त एमालेको लागि । त्यसै एक दर्जन भन्दा वढी राष्ट्रिय गौरव सहितका योजना अलपत्र पारेर आफ्नो घैंटो भर्न सफल पात्र विरामी प्रधानमन्त्रीलाई खुशी वनाउन नसक्ने कुरै भएन । के थाहा वालुवाटार, वालकोट वा भट्ट निवासमा नया दराज पो भित्रियो कि ?

राष्ट्रवादी खोलमा चुनाव जितेको नेकपा सरकारले जनताको एक औस मात्रै अपेक्षा वुझिदिएको भए पनि अर्को चुनावमा पैसाले किन्न नमिल्ने र नसकिने मत आउथ्यो नि । तर खै ‘आफै नरहे के को राज्य ?’ भने झै वली कोटरीले काण्डै काण्डको ताण्डव मच्चाएको छ । यो नियुक्ती उनकै ताण्डवको पछिल्लो उदारहण मात्रै हो ।

सवै कुरा सुरुमै नराम्रो नियतमा स्थापना हुँदैन त्यसैले गणतन्त्रको प्राप्ती पछि सन् २०११ मा ठुला लगानीलाई नेपाल भित्र्याउने अभियानमा लगानी वोर्ड प्रधानमन्त्री र अर्थ मन्त्रीले प्रत्यक्ष हेर्ने गरी स्थापना गरिएको हो । आजका दिन सम्म आई पुग्दा होङ्सी शिवम् सिमेन्ट उद्योग मात्रै सफल परियोजना हो । जसले ९ अर्ब ८२ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्र्यायो ।

 

त्यो वाहेक अरु कुनै पनि परियोजनाहरु सफल भएका छैनन् । हुन त बोर्डले अहिले दर्जनौं परियोजनामा काम गरिरहेको छ । तर, कति परियोजना प्रारम्भिक चरणमै छन् भने कति प्रारम्भिक चरणमै तुहिने अवस्थामा पुगेका छन् । केही आयोजना सम्झौताको अन्तिम चरणमा छन् । नेपालमा कुनै पनि परियोजनको लाईसेन्सवाटै विचौलियाको विगविगी वद्छ अनि सरकारी कामको अनुभव त सवै नेपालीले गरेको छौं । कति समयमा हुन्छ र कसरी हुन्छ भन्ने । विना कमिसन टसकोमस नहुने कर्मचारी अनि नया किनेको दराज नभरेसम्म लागि पर्ने नव नियुक्त सिईओ भट्ट, वाकी आफै अनुमान लगाउदा भै हाल्यो नी समृद्ध नेपाल सुखी नेपालीको अभियान ।

कत्ति हलुंङ्गो पाराले वुझ्नु भएको होला है प्रधानमन्त्री र अर्थ मन्त्रीले विदेशी आउँदैमा पैसा भित्रदैन भन्ने कुरालाई । दर्जनौ आयोजन अलपत्र पार्ने मान्छेको वारेमा नवुझिकन नेपालमा उनै भट्ट र विरामी प्रधामन्त्रीको सनकमा गरिएका आयोजनामा लगानी गर्लान् र विदेशीहरुले ? मान्छेको हैसियत र औकात उसको लाज हो । जव लाज लजाउँछ उ नाङ्गै हावामा उड्छ । जव भँुईमा झर्छ अनि औकातमा आउँछ त्यस पछि मात्रै लजाउन सुरु गर्छ त्यसैले प्रधानमन्त्री ज्यू तपाईं कहिले लजाउनु हुन्छ ?

ठुला लगानीमा विदेशीलाई विश्वास दिलाउनु र नेपाली लगानी कर्तालाई आश्वास्त पार्नु चान चुने कुरा पनि त होईन नी । पैसा रुपमा फल्छ र वाल्कोटमा झै ? पाईला पाईलामा कमिसन र मुर्गा खोज्ने भट्ट एण्ड ओली कोटरीले के साँच्चिकै समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्लान् र ? प्रधानमन्त्री ज्यू यो त तपाइकाे टुक्कालाई पनि माथ खुवाउने कुरा भएन र ?

कमेन्टहरु
Loading...