सरकारले ६० वर्ष माथिका जेष्ठ नागरिक घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।
कोरोना संक्रमणको जोखिम बढ्दा जेष्ठ नागरिकमाथि संक्रमणको छिटो असर पर्ने निष्कर्ष निकाल्दै सरकारले यस्तो अनुरोध गरेको हो ।
यस्तै १२ वर्ष मुनिका बालबालिकालाई पनि ननिस्कन अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अन्य उमेर समुहकालाइ पनि कोरोनाको बढ्दो जोखिमप्रति सचेत बन्न आग्रह गर्नु भयो ।