कोरोना महामारीले भयावह अवस्था आउन सक्ने देखियो : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले काठमाण्डौं उपत्यकामा कोरोना भाइरसका कारण भयावह अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

मन्त्री ढकालले महामारीले भयावह रुप लिन सक्ने भएकाले समयमै सचेत रहन आग्रह गरे ।

मन्त्री ढकालले उपत्यकामा फेरि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी रहेको उल्लेख गरे ।

यस्तै बाहिरी जिल्लाबाट काठमाण्डु आएकालाई अनिवार्य क्वारेन्टिनमा राखिने जानकारी पनि मन्त्री ढकालले दिए ।

‘काठमाण्डौं जस्तो ठूलो जनघनत्व रहेको बस्तीमा संक्रमण फैलियो भने नियन्त्रण बाहिर जान्छ’, उनले भने, ‘काठमाण्डौं फैलियो भने त्यो आगोजसरी फैलिन्छ ।’

सरकारले तोकेको मापदण्ड सर्वसाधारणले पालना नगरेका कारण संक्रमणको खतरा बढ्ने देखिएको मन्त्री ढकालले बताए ।

कमेन्टहरु
Loading...