आज सोमबार तपाइकाे राशिफल

गन्थन डेस्क

वि.सं. २०७७ साल श्रावण १९ गते सोमबार, तदनुसार ई.सं. २०२० अगष्ट ३ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणशुक्लपक्षको पूर्णिमा तिथि वेलुका ८ः३६ बजेसम्म, त्यसपछि भाद्रकृष्णपक्षको प्रतिपदा तिथि रहनेछ । नक्षत्र: उत्तरषाढा विहान ७ः३९ बजेसम्म, त्यसपछि श्रवण रहनेछ । विष्कुंभादी योग: प्रीति । आनन्दादी योग: मृत्यु । करण: भद्रा । श्रीसूर्य: कर्कट राशिमा, चन्द्रमा: मकर राशिमा अहोरात्र व्याप्त रहनेछ ।
(भोलि: गाईजात्रा)
…………………………………………………….

मेष: मनमा हर्ष एवं उत्साह छाउनेछ । व्यापार व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसीयाली छाउने छ । रचनात्मक कार्य गरिनेछ, जस्का कारण प्रशंसकहरु बढ्ने छन् । सामाजिक कार्यबाट सम्मान मिल्नेछ ।

 

वृष: धैर्यता र सहनशीलताको विकास हुनेछ । परोपकारी कार्यमा अग्रसर भइनेछ । धेरै परिश्रम गर्नु परेता पनि सही रुपमा मूल्यांकन मिल्दा आनन्द लाग्नेछ । सान्दर्भिक कार्यलाई अगाडि बढाउन सकिने छ ।

 

मिथुन: सामान्य कार्यलाई पनि दोह्राएर गर्नुपर्दा दिक्क लाग्नेछ । मनमा शंका उपशंका उब्जनेछ । व्यर्थको कार्यमा समय वित्नेछ । झन्झटिला परिस्थितिको सामना गर्नु पर्नेछ । आफन्तसँग वैरभाव रहने देखिन्छ ।

 

कर्कट: आकस्मिक रमाइलो यात्रामा जुट्नु पर्नेछ । ठूला व्यक्तिको संगत रहनेछ । अर्थाेपार्जनमा ध्यान जानेछ । दाम्पत्य सहयोगले कार्य क्षेत्रमा लाग्दा सफल भइनेछ । राजनैतिक क्षेत्रमा नयाँ संभावना देखिन्छ ।

 

सिंह: सामान्य कार्यमा भुल्ने समय छैन । झन्झट आइलागेता पनि पार लगाउन सकिनेछ । नयाँ अवसरहरु मिल्ने छन् । सामाजिक कार्यमा ध्यान जानेछ । बन्दव्यापारबाट मनग्य नाफा कमाउन सकिने देखिन्छ ।

 

कन्या: अघिदेखि रोकिएका कार्यलाई अघि बढाउन सकिनेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आर्थिक पक्षमा समेत सुधार भएर जानेछ । बोलि बचनमा मिठासपन आउनेछ ।

 

तुला: नयाँ कार्यको थालनीले समस्या थपिनेछ । अरुको लहैलहैमा लाग्दा अनावश्यक स्थानमा धन रकम खर्च गरिनेछ । आफन्तजनसँग नै विवाद हुनेछ । जिद्दिपनले गर्दा बन्नै आँटेका कार्यमा समेत अवरोध आउनेछ ।

 

बृश्चिक: आत्मीयजनसँग रमाइलो पल वित्नेछ । सहमति र सहकार्यको भावना जागृत हुनेछ । मायाप्रेमको बन्धन कसिलो बन्नेछ । व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । खुसीयाली वातावरण बन्नेछ ।

 

धनु: अचल वस्तुमा गरेको लगानिले दीर्घकालिन रुपमा लाभ लिन पाइनेछ । व्यवसायको लाभांसले सन्तोष मिल्नेछ । देवालयको दर्शन गर्ने अवसर जुट्ने छ । सामान्य स्वास्थ्य कमजोरी र अल्छिपनले भने छाड्ने छैन ।

 

मकर: नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । आर्थिक पक्षमा सुधार आउनेछ । साथीसंगीसँगको रमाइलो भ्रमण हुनेछ । व्यक्तित्वको चर्चा हुनेछ । नयाँ ठाउँको अवलोकन गर्न पाइनेछ । मानसिक क्षमताको विकास हुनेछ ।

 

कुम्भ: बाह्रौ भावको चन्द्रमाले समस्याको सामना गर्नु पर्नेछ । घरायसी समस्याले छाड्ने छैन । अवसर हुँदाहुँदै विकल्पको बाटो रोज्नाले आर्थिक नोक्सानी हुनेछ । नयाँ लगानी भन्दा दैनिकीमा नै व्यस्त रहनु होला ।

 

मीन: आर्थिक उपार्जनका कार्यको आरम्भ गरिनेछ । सामान्य प्रयासबाट नै कार्यहरु बन्ने छन् । सुखसुविस्ताका साधनहरु जुट्ने छन् । विपक्षीहरु पनि सहमतिमा आउँदा विवादित कार्यलाई टुङ्ग्याउन सकिनेछ ।

  • ज्याे. पं. गंगासागर उपाध्याय, सम्पर्कः ९८४६२-७८५१०
कमेन्टहरु
Loading...