गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो ।
त्यसै अनुसार भोलि बिदा हुने भएको हो ।