पोखरा, साउन १६ ।
कास्कीका ३ सहित गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा थप ६ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा कास्कीको पोखरा महानगरपालिकाका ३३ र ४५ वर्षीय २ तथा रुपा गाउँपालिकाका ३६ वर्षीय १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै तनहुँ ब्यास नगरपालिकाका २९ वर्षीय १ जना, म्याग्दीको अन्नपूर्ण तथा मंगला गाउँपालिकाका ३७ र ४९ वर्षीय १/१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । संक्रमित ५ पुरुष हुन् भने १ जना महिला हुन् ।
शुक्रबार थपिएका संक्रमित सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय ८५ पुगेको छ । त्यस्तै निको हुनेको संख्या १२ सय ४३ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।