पोखरा, साउन १३ ।
गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा स्याङ्जाको वालिङ नगरपालिका तथा अर्जुनचौपारी गाउँपालिकामा २५ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै बाग्लुङको निसीखोला तथा बरेङका ६ जनामा पनि कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ सय ३० पुगेको छ ।
संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।