कर बढाउन सबै व्यवसायीलाई करकोे दायरामा —गुरुङको भनाई

पोखरा, २ असार / गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नयाँ आर्थिक वर्ष देखी प्रदेश भित्रका सबै व्यवसायीहरुलाई करको दायरामा ल्याउने बताएका छन् ।

गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको सम्मेलनमा उनले करको दायरा बढाउनका लागि सबै व्यवसायीहरुलाई करको दायरामा ल्याउने बताए ।

प्रदेश सरकारले यसै चालु आर्थिक बर्षमा प्रदेशका आर्थिक कृयाकलाप गर्ने व्यवसायीहरुको तथ्याङक संकलन गर्ने लक्ष्य राखे उनले बताए । आउँदो आर्थिक बर्ष २०७७/७८ मा आन्तरिक राजश्व तर्फ प्रदेश सरकारले ४ अर्ब ६० करोड संकलन गर्ने लक्ष्य राखेको मन्त्री गुरुङले जनाए ।

सरकारको मुख्य आयश्रोत राजश्व भएकोले गर्दा आउँदो बर्षमा भने आन्तरिक करको दायरा बढाउने उनको भनाई छ । चालु आर्थिक बर्षमा हालसम्म भने प्रदेश सरकारले ३ अर्ब २५ करोड अर्थात ६१ प्रतिशत राजश्व संकलन गर्न सफल भएको मन्त्री गुरुङले दाबी गरे । मन्त्री गुरुङले ७० देखि ८० प्रतिसत बजेट खर्च गर्ने गरी काम गर्ने दावी गरे ।

विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) र त्यसलाई रोक्न लगाइएको लकडाउनका कारण चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनमा समस्या भएको बताए । प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

कमेन्टहरु
Loading...