काठमाडौं, १० चैत / फ्रान्सबाट नेपाल फर्किएकी एक जनामा युवतीमा कोरोना देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार आकस्मिक रुपमा पत्रकार सम्मेलन गरे स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना देखिएको बताए ।
फ्रान्सबाट कतार हुदैं नेपाल आएकी १९ वर्षिय युवतीको नाम गोप्य राखिएको छ । उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
यस अघि चीनबाट नेपाल आएका एक युवामा कोरोना देखिएको थियो । उनी निको भएर घर फर्किसकेका छन् ।
कोरोना संक्रमित ति युवतिको अवस्था समान्य रहेको ढकालले जानकारी दिए । उनीसँग नेपाल आएकाहरु को को थिए स्वस्थ्य मन्त्रालयले खोजि गर्न सुरु गरेको छ ।