कोरोना बेलायतमा एक नेपालीको मृत्यु

काठमाडौं, ८ चैत / कोरोना भाइरसको संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको समाचार प्राप्त भएको छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको हो ।

पुख्र्यौली घर संखुवासभा भएका उनी परिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।

उनको मृत्यु मंगलबार (४ चैत) बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको जानकारी हृयारो निवासी जयलक्ष्मी राईले दिइन् ।

मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए ।

त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल र्पुयाएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए ।

मृत्युको कारण कोभिड १९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो । अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।

अनलाइन खबरबाट

कमेन्टहरु
Loading...