पोखरा, २० फागुन / सहारा क्लब पोखराद्वारा पोखरा १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकले २ लाख २० हजार ८ सय नगद सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सहारा एकेडेमीलाई नगद सहयोग गरेको हो ।
बैंकका पूर्व अध्यक्ष तथा सञ्चालक शुसिलराज पराजुलीले एकेडेमी पुगेर सहारा क्लबका अध्यक्ष केशव बहादुर थापालाई रकमको चेक हस्तान्तरण गरेका हुन् । पराजुलीले सहारा एकेडेमीमा आश्रित बालकहरुलाई सहयोग गर्न पाउनु खुसी कुरा रहेको बताए । ‘सहाराले निकै राम्रो र उदाहरणिय कार्य गरेको छ,’ पराजुलीले भने–‘त्यसैले हामीलाई सहारालाई प्रत्येक वर्ष सहयोग गर्दै आएका छौ ।’
उनले एकेडेमी रहेका विद्यार्थीहरुलाई अनुसान मानिसको जिवनमा महत्वपुर्ण रहेको बताउदै सबैलाई अनुशाति हुन आग्रह गरे । सहाराले समाजमा गरेको प्रशंसनिय कार्यले निरन्तर सहयोग गर्दै जाने सोच बैंकले बनाएको पुर्व अध्यक्ष पराजुलीले उल्लेख गरे ।
गत वर्ष बैंकले २ लाख ९४ हजार सहयोग गरेको थियो । लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । उनले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको सहयोग एकेडेमीका लागि महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा बैंकका न्यूरोड शाखाका प्रवन्धक प्रकाश पहारी, महेन्द्रपुल शाखाका प्रवन्धक बलबहादुर ढकाल, क्लबका पुर्व अध्यक्ष विक्रम थकाली, क्लवका उपाध्यक्ष विश्व बराल, कोषाध्यक्ष राजु लालचन, सहारा युकेका सल्लाहाकार चन्द्र गुरुङ र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष भोज बहादुर गुरुङ लगाएत एकेडेमीका बारेमा जानकारी लिएका थिए ।
सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना कठिन एवम विपन्न परिस्थतीका बालकहरु रहेका छन । सहारा क्लब पोखराले उनीहरुको लालन पालन, शिक्षा संगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी निरन्तर एकेडेमी सञ्चालन गरिरहेको छ ।