पोखरा, ५ असोज/ काठमाडौबाट दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुलेको छ । गत भदौ २६ गते यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
अग्रिम टिकटको लागि बिहान ६ बजेदेखि नै नयाँ बसपार्कमा यात्रुहरूको भीड लागेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले प्रचलित भाडाअनुसार नै टिकट बुकिङ गर्न सकिने बताए ।
त्यसै गरि पोखराबाट अन्यत्र जानका लागि पनि अग्रिम बस टिकट बुकिङ खुलि सकेको पृथ्वी राजमार्ग बस सेवा सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले जानकारी दिए ।
सार्वजनीक यात्रुबाहक सवारी साधनका लागि तोकिएको भाडादर