पोखरा, १ असोज /कास्की जिल्ला फुटवल संघको आयोजना तथा लक्ष्मी ग्रुपको उत्पादन सफल दुधको मुख्य प्रायोजनमा आगामी कार्तिक ५ देखि १६ गते सम्म पोखराम रङ्गशालामा सञ्चालन हुन लागेको तेश्रो सफल कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । संघ कास्कीद्धारा मंगलबार पोखरा रंगशालामै आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि झण्डै ५० प्रतिशत तयारी पुरा गरिएको संघ कास्कीका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । विगतका संस्करणहरुमा विदेशका तीन टिम आउने भएपनि यसपटकको प्रतियोगितामा विदेशका ४ टिम ल्याइने छ । अष्टे«लियाको मेलबर्नबाट यती एफसी र हङकङबाट नेप्लीज हङकङ एशोसिएसन पोखरा आउने लगभग निश्चित भएको अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा बताए । त्यसैगरि साफ मुलुकका उत्कृष्ट दुई टिमलाई पनि यसपटक पोखरा ल्याइदै छ । पाकिस्तान वा श्रीलंकाबाट उत्कृष्ट टोलि ल्याउने तयारीमा छौं–भट्टराईले भने । त्यसबाहेक नेपालका चर्चित ए डिभिजनबाट ७ टिम तथा आयोजक पोखरा सहित १२ टिमको सहभागिता रहने प्र्रतियोगिता संयोजक कुमार गुरुङ्गले बताए ।
प्रतियोगिताको तयारी तिब्रताका साथ अगाडी बढाउने क्रममा कास्की जिल्ला फुटवल संघका उपाध्यक्ष कुमार गुरुङ्गको संयोजकत्मा विभिन्न उपसमितिहरु गठन भै सकेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको सह संयोजकमा मिलन गुरुङ्ग र धरमसिंह लामिछाने रहेका छन् भने आर्थिक उपसमिति संयोजकका मदन केसीलाई चयन गरिएको छ । त्यसैगरि मैदान निर्माण उपसमिति संयोजकमा ओम बस्नेत, खेलाडी व्यवस्थापन उपसमिति संयोजकमा महेन्द्र गुरुङ्ग, कार्यालय प्रशासनमा राजन पौडेल र सुक गुरुङ्ग रहेका छन् ।
सोहि अवसरमा आर्थिक संयोजक केसीले यसपटकको प्रतियोगिता सम्पन्न गर्न झण्डै ५५ लाख ६० हजार आम्दानी हुने र त्यतिनै खर्च लाग्ने अनुमान गरिएको बताए । मैदानलाई स्तरिय बनाउन तथा आयोजक पोखराको खेलाडी छनौट कार्य पनि अन्तिम अवस्थामा पुगिसेको पनि जानकारी दिइयो । प्यारापिट रंगरोगन कार्य केहिदिनमै शुरु गरिने छ भने आज विहान शसस्त्र प्रहरी बल कालिका गण संगको समन्वयमा पोखरा रंगशालाभित्र बृहत सरसफाई कार्यक्रम राखिएको पनि सो अवसरमा अवगत गराइयो ।
यसपटक पुरस्कार राशिमा पनि वृद्धि गरि प्रथम पुरस्कार ३ लाख ५५ हजार र द्धितिय पुरस्कार २ लाख १ हजार पु¥याइएको छ । गत वर्ष विजेताले नगद ३ लाख ५ हजार र उपविजेताले नगद १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेका थिए । त्यसैगरि विभिन्न विधाका खेलाडीहरुलाई पनि नगद सहित पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा बताइयो ।
फुटवल खेलाडीहरुको भलाईका लागि एन्फा केन्द्रिय सदस्य गणेशबहादुर भट्टराई को रु १ लाखको सहयोगबाट शुरु भएको खेलाडी भलाई अक्षयकोषको रकम ८ लाख पु¥याएर विश्वविकास बैंकमा जम्मा पनि सोहि अवसरमा जानकारी दिंदै उक्त कोषबाट फुटवल विकास र विस्तारमा योगदान पु¥याउने एक खेलाडीहरुलाई वर्ष खेलाडी र एकजना पत्रकारलाई वर्ष खेलकुद पत्रकारको रुपमा पुरस्कृत गर्न छनौट समिति समेत गठन गरेको छ ।