काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने भएको छ ।
सरकारले सडकको मर्मतका लागि भन्दै थप १ रुपैयाँ शुल्क लिने घोषणा गरेको हो ।
अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा सडक मर्मतमा बजेटको अभाव हुन नदिन पेट्रोल र डिजेलबाट प्रतिलिटर थप १ रुपैयाँ सरकारले लिने बताएका हुन् ।
यो घोषणासँगै अब पेट्रोल र डिजेलको मूल्य वृद्धि हुने भएको छ । यसअघि बुढीगण्डकी जलविद्युत आयोजना निमार्णका लागि भन्दै पेट्रोल र डिजेलका उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँ उठाएको थियो ।