पोखरा माउण्टेन बाईक रेसको तेस्रो दिन रानामगर र मगर अगाडि

पोखरा, २ फागुन/ अन्तर्राष्ट्रियस्तरको ‘पोखरा माउण्टेन बाईक रेस स्टेज चौथो’ को दोस्रो सस्करणको तेस्रो दिन बुधबार साईकल राईडरले सबैभन्दा लामो दुरी तय गर्दै टुग्याएका छन् । तेस्रो दिन बुधबार बेगनासबाट शुरु टास्कलाई २ घण्टा २७ मिनेट ३५ सेकेण्डको समय लगाउँदै सुरज रानामगरले अग्रता लिएका छन् ।

बेगनास, कालिका, भञ्ज्याङ, बेगनासताल, रुपाताल हुदैं बेगनासताल बसपार्कमा पुगेर टुंगिएको ८० किलोमिटर दुरीको टास्कमा अनोज पराजुली भने दोस्रो स्थानमा रहे । उनले दुरीलाई २ घण्टा २७ मिनेट ३५ सेकेण्ड नै लगाए । उनी केही मिलिसेकेण्डले मात्रै पछि परे । तेस्रो स्थानमा भने किरण मल्ल आईपुगे । उनले दुरीलाई २ घण्टा २६ मिनेट ३६ सेकेण्डको समय लगाए ।

महिला तर्फको प्रतिस्पर्धामा लक्ष्मी मगरले लीड गरिन् । अघिल्लो दिन पछि परेकी उनले तेस्रो दिनको प्रतिस्पर्धामा भने दोस्रो स्थानकी उषा खनालाई २६ मिनेटले पछि पारिन् । गतवर्षकी च्याम्पियन लक्ष्मी मगरले तेस्रो दिनको टास्कलाई २ घण्टा ५१ मिनेट १२ सेकेण्डमा पुरा गरिन् । दोस्रो स्थानका ललितपुरकी उषा खनालले ३ घण्टा १७ मिनेट १० सेकेण्डको समय लगाईन् विदेशी खेलाडी लेयसबेथ कनिसले ३ घण्टा ३५ मिनेट ५१ सेकेण्डको समय लगाउँदै तेस्रो स्थानमा आईन् ।

आज चौथो तथा अन्तिम दिन बाटुलेचौर, डाडाँगाँउ, अर्मलाकोट, अर्मलाडिही, महेन्द्रगुफाहुदैं बाटुलेचौरमा पुगेर सकिने रेसको भने ६७ किलोमिटरको हुने छ । माउण्टेन बाईक रेस पोखरा चौथो स्टेजको दोस्रो सस्करणको फाईनल आज हुने छ । चारैदिनको साईकल राईडरले निर्धारित दुरी तय गर्दाको समयको आधारमा विजेता घोषणा गरिने छ ।

साईकल दौडको माध्यमबाट साहसिक खेलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताको चारै दिनमा प्रतिस्पर्धीको समयलाई आधार मानेर विजयी घोषणा गरिने कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए । उनका अनुसार विजेताले ट्रफी एवं १५ सय डलर बराबरको तालिम प्राप्त गर्ने छन् ।

कास्की जिल्ला साइक्लिङ संघको आयोजनामा सञ्चालित चारदिनको प्रतियोगितामा सबैभन्दा कम समयमा दुरी पुरा गर्ने च्याम्पियन बन्ने छ । तेस्रो दिन आज बुधबारसाईक्लिङ संघले विगतमा राष्ट्रियस्तरको प्रतिस्पर्धा गरेपनि यो भने पहिलो अन्तराष्ट्रिय प्रतिस्पर्धा हो । प्रतियोगितामा ब्रिटिस, फ्रान्स, अष्ट्रिया, भारत,अमेरिका, स्पेन र चीन लगायतका देशका खेलाडीहरु सहभागि छन् ।

पोखरामा यो प्रतियोगितासँगै वर्षेनी आयोजना गरिने याक एट्याक माउण्टेन बाईक रेस प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा निकै टेवा पुगेको विश्वास समेत साईक्लिङले लिएको छ ।

कमेन्टहरु
Loading...