पोखरा महानगर लिने कक्षा ८ को परीक्षा तालिका सार्वजनीक (तालिका सहित)

पोखरा, २५ माघ /पोखरा महानगरपालिकाले कक्षा ८ आधारभुत तह उत्रिर्ण परीक्षाको परीक्षा तालिका सार्वजनीक गरेको छ ।

पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखा लिने परीक्षा फागुन २७ गते देखी चैत ७ गते सम्म सञ्चालन हुनेछ । २७ गते नेपाली, २८ गते अग्रेजी, २९ गते सामाजीक अध्ययन र जनसंख्या, ३० गते पेसा व्यवसाय प्राविधिक शिक्षा, चैत १ गते विज्ञान तथा बातावरण, ३ गते गणित, ४ गते स्वास्थ्य शारीरिक र नैतिक शिक्षा, ५ गते मातृभाषा, ७ गते प्रयोगात्मक परिक्षा हुने पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले जानकारी दिएको छ ।

परिक्षा बिहान साढे १० बजे देखी सुरु हुनेछ । पोखरा महानगरपालिकामा सामुदायीक र संस्थागत विद्यालय गरि २ सय ७१ विद्यालय रहेका छन् । ति विद्यालयमा करिब १० विद्यार्थीहरु कक्षा ८ को आधारभुत तह उत्रिर्ण परीक्षामा सहभागी हुने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

पोखरा महानगर लिने कक्षा ८ को परीक्षा तालिका सार्वजनीक
पोखरा महानगर लिने कक्षा ८ को परीक्षा तालिका सार्वजनीक
कमेन्टहरु
Loading...