पोखरामा कात्तिक तेस्रो साता चौथो संस्करणको गोदावरी तथा पुष्प व्यापार मेला हुने

पोखरा, १२ कात्तिक/ पोखरामा चौथो संस्करणको गोदावरी तथा पुष्प व्यापार मेला कात्तिक तेस्रो साता हुने भएको छ । पोखरा सभागृह हलको प्राङगणमा कात्तिक १६ देखि १९ गतेसम्म सञ्चालन हुने मेलामा ४ सय ५० प्रजातिका पुष्प प्रर्दशन गरिने आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

तिहार आउन अब केहि दिन बाँकी हुँदा फलोरिकल्चर एशोसिएशन नेपाल जिल्ला समिति कास्की, पोखराले मेलाको आयोजना गर्न लागेको हो । गोदावरी मेलामा कास्की तथा गण्डकी प्रदेशमा पुष्प व्यवसाय गर्दै आईरहेका ३५ व्यावसायहरुको स्टल रहने आयोजक संस्थाका पूर्व अध्यक्ष दया कुमार द्वाले बताए ।

उनका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भईसकेको छ । मेलामा नेपालमै उत्पादन भएका ८० प्रतिशत पुष्प प्रर्दशन गरिने र भारतबाट बाँकी २० प्रतिशत मात्र खरिद गरिने द्वाले बताए ।

स्टलमा गोदावरी फूलका अलावा अन्य परम्परागत फूल, कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साई बिरुवा प्रदर्शनीका लागि राखिने मेला व्यावस्थापन समितिकी संयोजक सितामाया रानाले बताईन ।

मेला सम्पन्न गर्न अनुमानित ७ लाख ५० हजार लाग्ने बताईएको छ । सस्तो सुलभ मूल्यमा हरेक पुष्पहरु एकैठाँउमा उपलब्ध हुने हुँदा पनि मेलाको अवलोकन गर्न द्वाले सबैलाई आग्रह गरे ।

द्वाले गोदावरी वल्डवाईज फूल भएकाले पनि यसको विश्वव्यापीकरण गर्नुपर्ने उदेश्यले पनि यो कार्यक्रम गरिएको बताए । विगतका समयमा भएको मेलाको तथ्याङकलाई आधार मान्ने हो भने रु १० लाख देखि १५ लाख सम्मको मेला अवधिभर व्यापार हुने गरेको उनको भनाई थियो ।

उनका अनुसार, विशेष गरि तिहारलाई लक्षित गरि गोदावरी फूलको उत्पादन गर्ने गरिन्छ । यो फूलको बियु छरिसकेपश्चात १०० दिनको अन्तरालमा तयार हुन्छ । उनले सस्तो मूल्यमा मात्र नभई ग्राहकलाई क्वालिटीमा पनि ध्यान दिएर खरिद गर्न सुझाए ।

गोदावरीलाई समयअनुकुल बनाउन सकियो भने १२ महिनै यसको व्यापार व्यावसाय गर्न सकिने उनको भनाई थियो । मेलाको अवलोकन गर्न कुनै टिकट नलाग्ने आयोजकले बताएको छ ।

कमेन्टहरु
Loading...