काठमाडौं, १९ असोज / नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर हाल सम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार
लागि १ अमेरिकी डलर बराबर ११८ नेपाली रुपैयाँ पुगेको छ ।
डलरको बिक्रीदर मूल्य ११८ रुपैयाँ ०३ पैसा तथा खरिददर मूल्य ११७ रुपैयाँ ४३ पैसा छ । बिहीबार डलरको मूल्य ११७ रुपैयाँ ६५
पैसा थियो । डलरको मूल्य बढ्दा आयातित सामानको समेत मूल्य बढ्न भएकाले महँगीको दर बढ्दै जान्छ ।
भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिल विनिमय दर रहेको छ । भारु अमेरिकी डलरसँग कमजोर हुँदा नेपाली रुपैयाँमा पनि कमजोर
भएको हो ।