पोखरा, १७ असोज / पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिरको दोस्रो साता आयोजना हुने ‘सफल एक्सपो पोखरा–२०७५’लाई सफल बनाउन
विभिन्न उपसमितिहरु गठन गरेको छ ।
संघको मंगलबार बसेको कार्यसमितिको बैठकले एक्सपो सफल बनाउन अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा मूल समारोह समितिसहित विभिन्न
२४ वटा उपसमिति गठन गरेको हो । सफल एक्सपो पोखरा आउँदो मंसिर १३ देखि मंसिर २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा
आयोजना हुँदैछ । एक्सपो पोखरा संघले वर्षेनी आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिष्कृत रुप हो । एक्सपो पोखराको
टाइटल स्पोन्सर यो पटक सफल दूध रहेको छ ।
संघका महासचिव अर्जुन पोखरेलका अनुसार एक्सपोलाई भव्य बनाउने उदेश्यसहित गठित समितिहरुमध्ये अतिथी सत्कार उपसमितिको
जिम्मा निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले लिनु भएको छ । यसैगरी प्रायोजन व्यवस्थापन उपसमितिमा संघका वरिष्ठ उपाध्यक्ष नारायण
कोइराला, स्टल व्यवस्थापनमा संघको उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, सुरक्षा व्यवस्थापनमा संघका वाणिज्यतर्फका उपाध्यक्ष
पवनकुमार प्रजापति रहनु भएको छ । प्रचार प्रसार उपसमितिको जिम्मेवारीमा महासचिव अर्जुन पोखरेल रहनु भएको छ भने आर्थिक
व्यवस्थापन उपसमितिमा कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, व्यानर व्यस्थापनमा उपमहासचिव चिनु गुरुङले जिम्मेवारी लिनु भएको छ ।
यता, साँस्कृतिक व्यवस्थापन उपसमितिमा संघका कार्यसमिति सदस्य केशवबहादुर खत्री,विद्युत तथा टेलिफोन व्यवस्थापनमा कार्यसमिति
सदस्य रामेश्वर अधिकारी एवं मञ्च÷समारोह व्यवस्थापनमा कार्यसमिति सदस्य चिन्तामणि बास्तोलालाई संयोजकको जिम्मेवारी दिइएको छ ।
कार्य समितिका सदस्यहरु नगेन्द्रप्रसाद सुवेदी, हरिहर सापकोटा, हरिराज पन्त, तारानाथ ढुंगाना र कुमारी मुना बास्तोलाई क्रमशः रेष्टुरेण्ट,
पार्किङ, बाल उद्यान, टिकट र हस्तकला व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको महासचिव पोखरेलले जनाउनुभयो ।
यसैगरी खानेपानी तथा वातावर एवं सरसफाईमा सोवित पौडेल, मूलद्धारमा दीनेशचन्द्र बास्तोला, स्वास्थ्यमा रुद्रप्रसाद लुईँटेल र स्थानीय
समवन्य उपसमितिमा बलराम आचार्य संयोजक रहनु भएको छ । यातायात व्यवस्थापनमा हर्कबहादुर अधिकारी, प्रकाशन तथा उपहारमा
ऋषिराम शर्मा भण्डारी, पर्यटनमा कृतिबल्लभ त्रिपाठी, कृषि व्यवस्थापनमा श्रीप्रसाद घले तथा उद्योग समन्वय उपसमितिको संयोजकको
जिम्मेवारी सुरेशबहादुर श्रेष्ठले लिनु भएको छ ।
संघको बैठकले संघको सचिवालयको दैनिक कार्य संचालनको लागि महासचिव अर्जुन पोखरेलको संयोजकत्वमा प्रशासन तथा सदस्यता
उपसमिति एवं कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छेको संयोजकत्वमा आर्थिक उपसमिति पनि गठन गरेको छ ।