अन्तराष्ट्रिय भलिबल खेलाडी टहलसिंह थापाले पोखरामा खोले रोधी

पोखरा, १५ भदौ / पुर्व अन्तराष्ट्रिय भलिबल खेलाडी तथा अन्तराष्ट्रिय रेफ्री टहलसिंह थापाले पोखरामा बाराही

रोधी घर सञ्चालनमा ल्याएका छन् । थापाले श्रीमती तथा गायिका दिलु लामा थापा मिलेर पोखराको

महेन्द्रपुलस्थित बास्तोलाथर गल्लीमा ५० लाखको लागतमा बाराही रोधी घर एण्ड रेष्टुरेण्ट सञ्चालनमा

ल्याएका हुन् ।

थापाले लोक संस्कृतिको संरक्षण गर्दै नयाँ कलाकारलाई अवसर प्रदान गर्र्ने उद्धेश्यले दोहोरी साँझ सञ्चालनमा

ल्याउन लागेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । बाराही रोधी घर एण्ड

रेष्टुरेण्टमा नियमित रुपमा रोधी घरकी सञ्चालिका तथा कलाकार दिलु लामा थापा, याम सारु मगर, जीवन

सिग्देल, विन्दु गुरुङ, पूर्णबहादुर गुरुङ, सुसान्त रेग्मी, राजु लिम्वुल गायतका कलाकारले प्रस्तुती राख्ने

सञ्चालक थापाले जानकारी दिए ।

शुभारम्भको अवसरमा भदौ १५ गतेदेखि १९ गतेसम्म चर्चित कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम

न्यौपाने, शर्मिला गुरुङ, राजु गुरुङ, शिव हमाल, कुमार पुन, तारापति सुवेदी, चोलेन्द्र पौडेल, जीवन दाहाल,

शंकर विरही गुरुङ, माया गुरुङ र सुरेन्द्र गुरुङले प्रस्तुती राख्ने उनले बताए ।

कमेन्टहरु
Loading...