जगदम्बाको भिआइपी बस सेवा पोखरा सौराहा सुरु, हवाई दुर्घटनामा नेपाली विभेद अन्त्य -अधिकारी

सौराहा, १ साउन /संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिईने बीमा रकममा अब विभेद नहुने बताएका छन् । नेपाली र विदेशी हवाईयात्रुले पाउने ईन्सुरेन्सको वीमा रकम फरकफरक भएकोमा अब भने बराबरी हुनेगरी सोमबारको मन्त्रीपरिषदबाट पास भएको मन्त्री अधिकारीले जानकारी दिए । चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकिय एसी डिलक्स बससेवाको शुभारम्भ गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।

जगदम्बाको भिआइपी बस सेवा पोखरा सौराहा सुरु, हवाई दुर्घटनामा नेपाली विभेद अन्त्य अधिकारी
जगदम्बाको भिआइपी बस सेवा पोखरा सौराहा सुरु, हवाई दुर्घटनामा नेपाली विभेद अन्त्य अधिकारी

“दुर्घटना विमाको विषय हिजो क्याविनेटबाट पास भएको छ, अब संसदमा प्रस्तुत हुने छ र नेपाली र विदेशी सबैले बराबर ईन्सुरेन्स पाउने छन्, यो धेरै खुसीको कुरा हो ।”मन्त्री अधिकारीको भनाई थियो। उनका अनुसार यसअघि दुर्घटना हुँदा नेपालीले रु ३० लाख र विदेशीले रु १ करोड ५० लाख पाउँदै आएका थिए।

नेपालको एयरपोर्ट र विमान नै खतराको सूचिमा राखिएको प्रसंग कोट्याउँदै मन्त्री अधिकारीले अहिले एकठाउँको हटाईसकेको र अब यूरोपियन यूनियनले अझै हटाउन बाँकी रहेकोले त्यो पनि सकारात्मक दिशातर्फ उन्मुख भएको प्रतिक्रिया दिए। उनले नेपालमा जहाजको रुट समेत बढाएर ८ स्थानमा पुर्याएको समेत जानकारी गराए। अर्काे २० दिनपछि नेपालमा अर्काे जहाज आउने भन्दै नेपालका विभिन्न क्षेत्रमा विमानस्थल निर्माणको क्रम समेत तिब्र पारिएको जिकिर गरे।

मन्त्री अधिकारीले सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्नतर्फ लाग्न सबैलाई आव्हान गरे। नेपालमा एक करोड पर्यटक नभित्र्याएसम्म कसैले विश्राम लिन नहुने मन्त्री अधिकारीको भनाई छ।

उनले विमानस्थल बनेपछि पर्यटन विकासमा ठुलो फड्को मार्ने विश्वास व्यक्त गरे। आगामी एक वर्षमा लुम्बिनी, ३ वर्षका पोखरा र ५ वर्षमा निजगढ विमानस्थल बन्ने दावी गर्दै मन्त्री अधिकारीले सन् १९९८मा राखेको लक्ष्य अहिले मात्रै पुरा हुनु दुखद रहेको बताए।

नेपालको हुम्ला सिमिकोट, पोखरा, काठमाडौ, भैरहवाको विमानस्थलको मुआब्जा विवाद हल भएको उनले जानकारी गराए। भरतपुर विमान स्थलमा अग्ला घर भएकाले केही समस्या रहेको भन्दै नेपाली सेनासँग मिलेर विमानस्थल बढाउने विषयमा छलफल भैरहेको दावीगरे। उनले भने,“सो विषयमा एक डेढ महिनामा केही नतिजा आउँछ।”

जगदम्बाको भिआइपी बस सेवा पोखरा सौराहा सुरु, हवाई दुर्घटनामा नेपाली विभेद अन्त्य अधिकारी
जगदम्बाको भिआइपी बस सेवा पोखरा सौराहा सुरु, हवाई दुर्घटनामा नेपाली विभेद अन्त्य अधिकारी

चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने टिकट एक दिनको लागि मात्रै भएकाले त्यसलाई तीनदिनसम्म पुरयनुपर्ने पर्यटन व्यवसायीको मागप्रति सकारात्मक रहेको भन्दै सो समस्या समाधानका लागि सचिवलाई निर्देशन दिईसकेकाले काम गराएर छाड्ने मन्त्री अधिकारीको जिकिर छ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले चितवनको सौराहा बसपार्क निर्माणका लागि कम्तिमा रु ५० लाख संघीय सरकारबाट सहयोग हुने घोषणा गरे। सौराहाबाट काठमाडौमा अत्याधुनिक सेवा सहितको बस सञ्चालनसँगै पर्यटन विकासमा टेवा पुग्ने उनको भनाई थियो।

चितवन पर्यटनको केन्द्रविन्दु रहेको उनको कथन थियो। “पोखरा, सौराहा जोडियो, अब पोखरा, लुम्बिनी र सौराहा जोड्नुपर्छ,” मन्त्री अधिकारीको भनाई छ। नारायणी र कोशीमा पानी जहाज सञ्चालन गर्ने योजना अघि बढेको जानकारी दिंदै उनले नारायणीमा जहाज शुरु भएपछि नदी किनार अर्काे आकर्षक पर्यटकिय गन्तव्य हुने उल्लेख गरे।
जगदम्बाको भिआइपी बस सेवा पोखरा सौराहा सुरु, हवाई दुर्घटनामा नेपाली विभेद अन्त्य अधिकारी
जगदम्बाको भिआइपी बस सेवा पोखरा सौराहा सुरु, हवाई दुर्घटनामा नेपाली विभेद अन्त्य अधिकारी

कार्यक्रममा प्रदेश ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले पर्यटकिय वस सञ्चालनसँगै सौराहा र पोखराको सम्बन्ध थप विस्तार भएको भन्दै यस्ता गतिविधि सातै प्रदेशमा सञ्चालन हुनसके सरकारको समृद्धिको नारा सार्थक हुने बताए। प्रदेशसभा सदस्य गीता वाग्लेले बस सेवालाई नाफासँग नजोडी उत्कृष्ट सेवा दिन सुझाव दिईन्। नेकपाका केन्द्रिय सदस्य देवी ज्ञवाली, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरे, पत्रकार महासंघका केन्द्रिय सदस्य सिर्जना अर्याल, पोखरा जगदम्बा प्रालिका धर्मराज अधिकारी लगायतले बोलेका थिए ।

पोखरा जगदम्भा ट्राभल्सद्धारा आजबाट सञ्चालित उक्त बसमा मिनी बार सहित यात्रुलाई खाजा र खाना, चिया कफी, पेय पदार्थको सेवा समेत उपलव्ध छ। प्रति यात्रु रु १ हजार ५ सय टिकट रहेको उक्त एसी बसमा वाईफाई समेत रहेको पोखरा जगदन्बा ट्राभल्स प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए। यसअघि काठमाडौ पोखरा सेवा दिंदै आएको कम्पनीले आगामी भदौ १ बाट पोखरा लुम्बिनी समेत बससेवा शुरु गर्ने उनले ।

कमेन्टहरु
Loading...