सागर राज तिमिल्सिना
पोखरा, २७ माघ /पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित शान्ति पाटनमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । १५ वर्ष देखी पर्यटन व्यासायीमा सक्रिय युवा व्यवसायी प्रेम सुबेदीले करिब ४ करोड रुपैयाँ लगानीमा ‘होटल लेकसाइड प्रालि’ सञ्चालनमा ल्याएका हुन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरेको सुबेदीले बताए । ‘सुविधा सम्पन्न रिसोर्टमा पाइने सम्पूर्ण सेवा होटलबाट उपलब्ध गराउँछौं,’ उनले भने, ‘अर्थितिको स्वागत र सत्कार नै हाम्रो लक्ष्य हो ।’

होटलमा १० जना कर्मचारी कार्यरत छन् । होटलकोे माथिल्लो तला र केही कोठाबाट होटलबाट हिमाल, शान्ति स्तुप, रानीवन, पोखरा बजार लगायत वरपरका हरियाली जंगलहरुको दृश्यावलोकन गर्न सकिन्छ । १५ वर्ष देखि पर्यटन व्यवसायमा सक्रिय रहदै आउका सुबेदीले लेकसाइड ट्राभल्स र प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका छन् ।
पर्यटन व्यवसायमा अझ बढि सेवा दिने उद्देश्यले होटलमा लगानी गरेको सुबेदीले बताए । ‘पोखरामा पर्यटक आउने क्रम बढिरहेको छ,’ उनले भने, ‘पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्तरीय सेवा दिन हाम्रो उद्देश्य हो ।’

केही दिन अगाडीबाट सञ्चालनमा आएको होटलमा १६ वटा सुविधा सम्पन्न कोठाहरु रहेका छन् । १४ वटा डिलक्स, १ वटा सुइट र १ वटा स्टुडियो कोठा भएको होटलका म्यानेजर आशिष पौडेलले जानकारी दिए । होटलको मुख्य प्रबेशमा पानीको छहराले आकर्षण बनाएको बताए । होटलमा आउने पर्यटकलाई पोखरा तथा आसपासको साइडसिन व्यवस्था पनि मिलाइएको पौडलले जानकारी दिए । कोठाको एक रातको २ हजार ५ सय देखि ४ हजार रुपैया सम्म रहेको बताए ।