पेट्रोलियम पदार्थको फेरि मुल्य वृद्धि

काठमाडौं, माघ १९ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आयल निगमले यसपटक सँगै यो बर्ष ४ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

पेट्रोल लिटरमा एक रुपैयाँ बढेको छ भने डिजेल र मटितेलमा समान २–२ रुपैयाँ बृद्धि भएको आयल निगमले जनाएको छ । हवाई इन्धनमा ५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य राति १२ बजेदेखि नै लागू भएको छ । नयाँ मूल्य सूचि अनुसार अब पेट्रोल लिटरको १०४ रूपैयाँ, डिजेल र मटितेलको एकै मुल्य ८३ रूपैयाँ पर्ने आयल निगमले जनाएको छ ।

कमेन्टहरु
Loading...