सौर्य विद्युत उत्पादक संघको अध्यक्षमा किरण गौतम

काठमाडौं, १८ पुस/ नेपाल सौर्य विद्युत उत्पादक संघको पोखरा सम्पन्न अधिबेशनले आगामी दुई वर्षका लागि किरण गौतमको नेतृत्वमा नयाँ कार्यकारी समिति चयन गरिएको छ ।

नयाँ कार्यकारी समितिमा उत्तम सिटौला निवर्तमान अध्यक्ष रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा इन्द्र खनाल, प्रथम उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, महासचिवमा सुनील ढकाल, सचिवमा किरण प्रधान र कोषाध्यक्षमा विनोद सापकोटा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यकारी सदस्यहरुमा केशवप्रसाद दाहाल, दीपक जोशी, विश्वविक्रम जोशी, ओम केसी, रुद्रबहादुर पुन, नवीन शाही, भरत मल्ल, श्रीराम अधिकारी, पदम भट्टराई, दीपक गौतम र जितेन्द्र भट्टराई पनि सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

अधिबेशनको जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले साधारणसभा उद्घाटन गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका साथै वातावरण संरक्षणका लागि नेपालले विश्व समुदाय समक्ष आवाज उठाइरहेको बताइन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा जीवराज पोखरेल, पूर्वमन्त्री गणेश साह, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकाल लगायतले नवीकरणीय ऊर्जा विश्व परिदृश्यमा अपरिहार्य भएको सन्दर्भमा सौर्य ऊर्जालाई अधिकतम् उपयोगका लागि गरिएका प्रयास सफल रहेको बताए ।

कमेन्टहरु
Loading...