जाडोमा प्रयोग गर्नुस् यी ८ खानेकुरा, शरीर रहन्छ तातो

जाडोमा शरीरले पर्याप्त तातो नपाउँदा रुघाखोकी, कफ र छालासम्बन्धी समस्या आइलाग्छ । जाडोमा खानपानमा ध्यान दिनु जरूरी हुन्छ । यहाँ हामी जाडोमा पनि शरीरलाई तातोराख्ने र शक्ति दिने केही खानेकुराका बारेमा बताउँदैछौं ।

बाजरा म्याग्नेसियम, क्याल्सियम, फाइबर, भिटामिन बी, एन्टीअक्सिडेन्ट र प्रोटीनको मात्रा भरपूर हुन्छ बाजराको रोटी । जाडोमा यसको रोटी खाँदा शरीरलाई पूरा दिन शक्ति प्राप्तहुन्छ ।

बदाम भिटामिन ईले भरपूर बदामलाई जाडोमा बिहान महसँग खाँदा बिरामीबाट बच्न सक्नुहुन्छ । कब्जियतको समस्या पनि हट्छ ।

अदुवा जाडोमा दिनदिनै बिहान अदुवाको रस पिउँदा वा अदुवा खाँदा शरीरलाई तातो हुन्छ । यसबाहेक यसले तपाईंको पाचन प्रणाली पनि ठीक हुन्छ ।

ओमेगा ३ फ्याट्टी एसिड माछामा पाइने ओमेगा ३ फ्याट्टी एसिड जाडोका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा इम्युनिटी पावर बढाएर रोगहरूबाट टाढा राख्छ ।

दालचिनी दालचिनी स्वादिलो हुनुका साथै यसले शरीरलाई तातो बनाएर चिसोबाट लड्न मद्दत गर्छ । भोजन, चिया, कफी, वा तातोपानीसँग दालचिनी खानुस् ।

मम्फली बदाम जाडोमा घाम तापेर बदाम खान मज्जा आउँछ अनि यसमा भएको मिनरल, क्याल्सियम, क्यारोटिन र फस्फोरसको गुणले शरीरलाई भित्रबाट तातो राख्छ ।

हरिया सागपात पालुंगो, गाजर, लसुन लगायतको सेवनले पनि इम्युन सिस्टम बलियो हुन्छ । जाडोबाट बच्नका लागि हरियो सागपात सबभन्दा राम्रो खुराक हो ।

तिल भोजनमा तिलको सेवन वा त्यसको तेलले मालिश गर्दा जाडोमा लाभदायक हुन्छ । त्यसमा भएका पोषक तत्त्वले तपाईंलाई चिसो, रुघाखोकी र कफबाट बचाउँछ ।

 

Via The Daily Nepal
कमेन्टहरु
Loading...