अर्घाखाँची, १२ मंसिर /
२०७२ सालदेखि नेकपा (विप्लब) पार्टीका जिल्ला इन्चार्जका रुपमा काम गर्दै आएका जिल्ला इन्चार्ज सुमन भनिने गंगाप्रसाद ज्ञवालीलाई निर्वाचन बिरोधी गतिविधि सञ्चालन गर्न सक्ने आशंकामा प्रहरीले नेकपा (विप्लव) का नियन्त्रणमा लिएको छ ।
निर्वाचनमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न स्थानबाट अहिलेसम्म सो पार्टीका नेता तथा कार्यकर्ता गरी १० जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक डिसीले बताउनुभयो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो .
