बाराही जंगल लजलाई तीन अवार्ड

चितवन, ३० कात्तिक/चितवनको मेघौलीमा रहेको बाराही जंगल लजले दक्षिण एसियाकै उत्कृष्ठ अवार्ड जितेको छ । माल्दिभ्सको राजधानी मालेमा सम्पन्न साउथ एशियन ट्राभल अवार्ड साटा समारोहमा सो अवार्ड प्रदान गरिएको बाराहीले जनाएको छ ।

बाराहीले लिडिङ वाईल्डलाईफ होटल रिसोर्ट, लिडिङ ईको होटल रिसोर्ट, लिडिङ लक्जरी होटल रिसोर्ट समेत तीन विधाका अवार्डहरु जितेको बाराहीले जनाएको छ ।

बाराहीका अध्यक्ष हरिप्रसाद पौडेलले मालेमा आयोजित कार्यक्रममा सो अवार्डहरु लिएका थिए । यो अवार्ड प्राप्ति संस्थाको व्यवसायिक जीवनमै एक महत्वपूर्ण कोशेढुंगा रहेको भनाई छ । बाराही जंगल लज चितवन जिल्लाको मेघौली स्थित राप्ती किनारमा रहेको थारु बस्तिमा रहेको छ ।

कमेन्टहरु
Loading...