पोखरमा ६० सेकेन्डको फिल्म फेस्टिभल हुने

पोखरा, २३ भदौ /वल्र्ड मेरिट पोखरा र ओपन स्पेस नेटवर्कले पोखरामा ६० सेकेन्ड अन्तराष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । भदौ २६ गते फेस्टिभल स्क्रिनिङ गरिने वल्र्ड मेरिट पोखारका अध्यक्ष अञ्जय भण्डारीले जानकारी दिए ।

६० सेकेन्ड अन्तराष्ट्रिय चलचित्र महोत्सवको स्क्रिनिङ मिड टाउन सिनेमामा देखाउने भण्डारीले जानकारी दिए । फेष्टिभलका लागि १५ सय फिल्मबाट ४० वटा छनौट गरेको बताए । जसमा नेपाली १५ वटा र अन्य १२ देशका गरि ४० वटा फिल्म रहेको बताए ।

फेस्टिभल सम्पन्न गर्नका लागि १ सय ९० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ । बचत भएको रकमबाट पोखरामा हुन लागेको अन्तराष्ट्रिय युवा सम्मेलनमा सहकार्य गर्ने उनले बताए । फिल्म हेर्नका लागि ३ सय, ५सय र १ हजारको टिकट काट्नुपर्ने उनले बताए ।

कमेन्टहरु
Loading...