पोखरामा युवाहरु विच खुकुरी हाना हान

पोखरा, १५ भदौ /पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ तितपानीमा युवा बिच हाना हान भएको छ । युवाहरुको दुई समुह विच झगडा हुदाँ खुकुरी समेत हानेको प्रहरीले जानकारी दिएको छ ।

पोखरा १७ तितपानी नमुनाटोल ठकुरी समाजमा झगडा हुदा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेमा पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर १७ छोरेपटानका योगेन्द्र मल्ल र नयाँबजारका सुमन क्षेत्री रहेको र उनीहरुको पोखराका नमस्ते हस्पिटलमा उपचार भएको छ ।

झगडामा संलग्न अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान समेत गरिरहेको प्रदेश प्रहरी कार्यालय ४ नम्बर कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेमा पोखरालेखनाथ महानगरपालीका वडा ८ न्युरोडका नितेस मगर, सुमित राई, नयाँबजारका बाबुराम शर्मा, सपुन मल्ल र घारीपाटनका सुवोध गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट घटनामा प्रयोग भएको खुकुरी, मोटरसाईकल बरामद भएको प्रहरीको भनाई छ । घटनाका विषयमा कास्की प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...