पोखरा ,३० साउन/पोखरा लेखनाथ महानगरपालिका वडा न २४ पामेमा होटल पी राज एण्ड रेस्टुरेन्ट संचालनमा आएको छ ।यहि साउन २५ गतेदेखि संचालन शुभारम्भ भएको सो होटल युबा ब्यबसायी राजन सुबेदिले संचालनमा ल्याएका हुन् । करिब एक करोड ८० लाख रुपैयाको लागतमा आफनै भबन र जग्गामा संचालित सो होटलमा करिब १०० जनाको सभा हल सहित खाने र बस्ने सुबिधा उपलब्ध रहेको संचालक सुबेदीले बताए ।
वाई फाई सहित आरामदायी बसोबास अनि माछा र कुखुराका सम्पूर्ण परिकार सहित टिपिकल स्वछ्कर नेपाली खाना ,सुबिधा सम्पन्न शान्त बाताबरण नै आफ्नो होटलको प्रमुख बिषेसता भएको संचालक सुबेदीको भनाइ रहेको छ.। पोखराको लेकसाइडस्थित हल्लनचोक देखि करिब ५ किलोमिटरको दुरीमा होटल रहेको छ ।स्थापनाको छोटो समयमा नै ग्राहकको मन जित्ने गरि गुणस्तरीय सेवा प्रदान गर्दै आफ्नो ब्यबसायको दायरा अझै बृहत बनाउने सोचमा उनि छन्।
अहिले संचालित होटलको नजिकै करिब १२ रोपनी जग्गामा केहि समय पछी अत्याधुनिक सुबिधा सम्पन्न रिसोर्ट संचालनको योजना सुनाउदै उनी स्वदेशमै पैसाको अथाह खानि रहेको भन्दै जागिरे मानसिकताले हामीहरुको आर्थिक सम्भब नहुनेमा ढुक्क छन् । कास्कीको रुपा गाउँपालिका वडा न २ साबिकको थुम्कीका स्थायी बासिन्दा राजन स्वदेशमै केहि गरौ र ,जागिर खोज्ने मानसिकता भन्दा जागिर दिने सोच अनुरुप आफुले होटल संचालनमा ल्याएको बताउछन । दिनदिनै युबा श्रम विदेश पलायन हुदै जादा आफ्नै देशमा श्रम को अभाब र बिकाश निर्माणले गति नलिने भन्दै उनले सम्पूर्ण युवाहरुले स्वदेशमै पसिना बगाउनु पर्ने बताउछन ।
२५ बर्से युबा जोश जागरले भरिपुर्ण सुबेदी यस अघि यातायात व्यवसायमा समेत आबद्ध थिए । आफ्नो त्यहि अनुभब र सम्पर्कले पनि होटल व्यवसायमा आँट पलाएको उनी बताउछन । राज्यले युबाहरुलाई स्वदेसमै श्रम शिप लगानीको बाताबरण बनाउन नसकेको भन्दै उनि अब साच्चै सम्बृद्ध नेपाल बानाउने हो भने सरकारले युबा उद्यमसिलतामा जोड दिनु पर्ने बताउदै लगानीको बाताबरण अनि युबा मैत्री नीति कार्यक्रममा जोड दिनु पर्ने बताउछन ।