पोखरा, १६ साउन /बिहानको झुल्के घाम नदेखिदै पोखराका सराङकोट अझ व्यस्त हुने भएको छ । पर्यटनका लागि सुन्दर नगरी पोखरा पुगेका संसार भरका नागरिकहरु सराङ्गकोट नपुगी फर्कीए भने उनीहरु अधुरै रहन्छन् । पोखरा र वरिपरिको हिमाली दृश्यलाई सुन्दर सेतुले जोड्ने बिम्व हो सराङ्गकोट । बाहिरबाट सबैले चिनेको सराङ्गकोटको भित्री अन्तर्य संसारभरी फैलाउन फेरि एक पटक सराङ्गकोट महोत्सव हुँदैछ । सराङ्गकोट संसार भरका पर्यटन पारखीलाई फेरि निम्तो गर्दैछ ।
तेस्रो सराङ्गकोट पर्यटन महोत्सव आगामी भदौ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ । सराङ्गकोट टोल विकास संस्थाको मूख्य आयोजना तथा सराङ्गकोट समाज सेवा युवा क्लब,स्मृति युवा क्लब र सराङ्गकोट पर्यटन विकास समितिको सह आयोजनामा महोत्सव तयारी सुरु गरिएको छ । महोत्सवमा ४० हजार पर्यटक भित्र्याउने लक्ष्य आयोजकले सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
मौलिक कला तथा संस्कृति र सराङ्गकोटको पहिचानलाई संसारभर फैलाउनु महोत्सवको उद्देश्य रहेको आयोजकले जानकारी दिएका छन् । सराङकोटमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, वागेश्वरी मन्दिर, पदेंली शिव मन्दिर आदि हुन भने सराङ्गकोट भ्यूटावर, चण्डीको डिल ९पाराग्लाईडिङ०, मेथलाङ डाँडा, खपौदी र राताडाँडा आदि मूख्य पर्यटकीय आर्कषण हुन ।
सराङ्गकोटबाट पोखरा र अन्नपूर्ण तथा फिष्टेल हिम शृखला को रमाइलो दृष्यावलोकन गर्न सकिन्छ । प्याराग्लाईडिङ मार्फत चरा झैं उडेर शयर गर्न हजारौँ मानिस हरेक वर्ष सराङ्गकोट पुग्दछन । सराङकोटमा दैनिक स्वादेशी तथा विदेशी पर्यटक गरि करिब १ हजार जाने गर्दछन् । महोत्सव सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने र करिब ३४ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।
महोत्सवमा रत्यौली गित प्रतियोगिता, साँस्कृतिक भेषभूषा तथा बाजा गाजा प्रर्दशनी तथा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, विविध स्कृतिक÷साँगितिक कार्यक्रमहरु, मौलिक झाँकी प्रर्दशन, बाल उद्यान, दुना टपरी गाँस्ने प्रतियोगिता, प्यारा ग्लाईडिङ, जिप फ्लायर छन रहेका छन् । २०६४ सालमा दोस्रो सराङकोट महोत्सव भएको थियो ।