पोखरा, १० साउन/सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिले उत्कृष्ट डिलर सम्मान प्राप्त गरेको छ ।
मारुती सुजुकीको नेपालको वितरक चौधरी गुप्रको सिजी मोटोकर्पले देशभरका ३५ वटा डिलर मध्येवाट वतास व्रदर्शलाई उत्कृष्टमा छानेको हो । राजधानीमा आयोजित एक कार्यक्रममा बतास अर्गनाईजेशनका प्रवन्ध निर्देशक शान्तराज बतासलाई उक्त सम्मान प्रदान गरिएको हो ।
आ.व. २०७३÷०७४ मा सेल्स, स्पेयर तथा सर्भिसिङ्गमा उत्कृष्ट कार्य गरेवापत सम्मान गरिएको वताईएको छ । सम्मान स्वरुप सिजी मोटोकर्पले वाग्नर आर गाडी र टफी प्रदान गरेको छ । गण्डकी धौलागिरी क्षेत्रमा चारपाङ्गे मारुती सुजुकी गाडी लोकप्रिय मानिन्छन् ।
कम्पनीले आउदा दिनहरुमा नयाँ नयाँ मोडलहरु र विभिन्न स्किम योजनाहरु सार्वजनिक गर्न लागेको वतास व्रदर्शका विक्री प्रवन्धक गणेश ढकालले जानकारी दिए ।