भदौ देखि बुद्ध एयरले पोखरा-भरतपुर सिधा उडान सुरु गर्ने

काठमाडौं, ३ साउन/वायुसेवा कम्पनी बुद्ध एयरले पोखरादेखि चितवनको भरतपुरसम्म सिधा उडान सुरु गर्ने तयारी गरेको छ । बुद्ध एयरले आगामी भदौ ३० देखि पोखरा र भरतपुर दैनिक एक उडान गर्ने तयारी गरेको हो ।

बुद्ध एयरले पहिलो चरणमा दैनिक एक फ्लाइट पोखरा देखि भरतपुरसम्म गर्ने जानकारी दिए । ‘१८ सिटे जहाजबाट पोखरादेखि भरतपुर र भरतपुर देखि पोखरासम्म दैनिक एक उडान हुन्छ,’ कम्पनीले जनाएको छ । उडान सुरु भएपछि आउने मागको आधारमा सिट संख्या र उडान संख्या थप गर्ने कम्पनीले जनाएको छ ।

१० वर्ष अगाडि साग्रिला एयरले पोखरा देखि भरतपुर उडान गरेको थियो । चाटर्ड फ्लाइट भने पोखरादेखि भरतपुर हुने गरेको छ । त्यस पछि विभिन्न कम्पनीले उठाउने प्यास थाले पनि सफल हुन सकेको थिएन ।

 

कमेन्टहरु
Loading...